औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ भने थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ ।
सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको उक्त विद्युत् आज (बिहीबार) देखि परीक्षणका लागि जोडिन लागेको हो ।
३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । उक्त कम्पनीले सोलारबाट थप १० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । जसको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो । यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘आजबाट प्रारम्भिकरुपमा शुरु हुने विद्युतले केही सहयोग पुर्याउने छ ।’