WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दिया : दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।
सोही दिनदेखि फरार रहेका लौरंगलाई शुक्रवार बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।