-प्रेम विश्वकर्मा, नेपालगंज
एउटा विपन्न दलित परिवारका सदस्यलाई करिब ८ हजार रुपैयाँ बराबरको सहयोग आज प्रदान गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीमा बस्ने ५० बर्षिया आमा रत्ना परियार, कक्षा ६ मा पढने छोरी आसा परियार र कक्षा ७ मा पढ्ने छोरा इसव परियारलाई घरमै पुगेर सहयोग प्रदान गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयमा कार्यरत सामाजिक बिकास सहजकर्ता हरिता वली (खड्का) ले करिब ६ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउनुभएको छ । जसमा दाल, चामल, बिद्यालय पोशाक, झोला, सरसफाई र भान्साका लागी आवाश्यक पर्ने सामाग्री, केही नगद रहेको छ ।
यसैगरी रुम टु रिड को कार्यालय कोहलपुर क्षेत्रमा कार्यरत सुस्मिता लामा, पत्रकार प्रेम विश्वकर्मा, ख्र्रीष्टियन बिद्यार्थी सगंती (सीबीएस) नेपालगंजका दानियल बोहरा लगायतका बिद्यार्थीहरुले भने आफनो खाजा खर्च बाट करिब २ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्रीहरु उपलब्ध गराउनुभएको छ ।
जसमा कापी, कलम, ज्यामिती बक्स, फलफुल लगायतका सामाग्री रहेका छन । केही दिन अघि विभिन्न संञ्चारमाध्यमबाट आर्थिक अभावमा बच्चाको पढाई प्रभावित भएको र सिकिस्त बिरामी भई थला परेको भन्ने समाचार सार्वजनिक भएको थियो ।
पत्रकार कविन्द्र परियार र संञ्चारकर्मी मनकुमारी बिकको बाइनलाइनमा रहेको समाचार पढेपछि सहयोग जुटाउने कार्य शुरु भएको थियो । शैक्षिक सामाग्रीकै अभावले बालबालिकाको पढाई नछुटोस र मानवीय नाताले पनि समस्यामा परेकालाई आफुहरुले सक्दो सहयोग उपलब्ध गराएको सबै सहयोगी दाताहरुको भनाई छ ।
दैनिक ज्याला मजदुरी गरेर आफनो जिवीकोपार्जन गर्दै आईरहनुभएका रत्ना परियार विगत ६ महिना यता देखी पितशयाको पत्थरी र मृगौला सम्बन्धी समस्याले बिरामी भई थला पर्नुभएको छ ।
श्रीमान कले परियार तत्कालीन शसस्त्र द्वन्द्वकालमा बेपत्ता हुनुभएको हो । तर अहिले सम्म पत्ता लाग्न सकेको छैन । उहाँको घरपरिवारले अहिले सम्म उचित राहत क्षतिपुर्ति केही पनि पाउन सकेको छैन ।
एउटा छोरीको कलिलै उमेरमा सुर्खेतको तरंगामा विवाह भएको छ । अर्को छोरीको पनि यसैगरी जुम्ला जिल्ला तिर विवाह भएको छ । भने आर्थिक समस्याकै कारण पढ्दा–पढ्दै छोडेर कलिलो उमेरमा मजदुरी गर्न भारततिर गएका छोरा फर्केका छै्नन ।
आफु सँग कुनै पनि सिप नभएकाले गर्दा घरपरिवार चलाउन र आफनो स्वास्थ्य उपचार गर्न निकै कठिन भएको रत्ना परियारले बताउनुभएको छ । शैक्षिक सामाग्री सहयोग पाएकाले अब छोरालाई जसरी भएपनि घर बोलाएर पढन पठाउने आफनो सोच रहेको उहाँले सुनाउनु भयो ।
सबै बिषयको २ वटा मात्रै कापीमा सधै साथीको कलम मागेर लेख्ने र ३ बर्षदेखी एउटै सर्ट लगाएर बिद्यालय जाने गरेको बताउनुभएकी छोरी आसा परियारले भने सोचेभन्दा धेरै शैक्षिक सामाग्री प्राप्त गरेपछि खुसी ब्यक्त गर्दै नियमित बिद्यालय जाने बताउनुभएको छ ।
२ कठ्ठा ऐलानी जग्गामा रहेको सिमेन्टको ब्लकबाट एउटा टिनले छाएको घर, दुई वटा बाख्रा बाहेक अरु कुनै सम्पती नरहेकाले आफनो परिवार सहयोगकै पखाईमा रहेको रत्ना परियारले बताउनुभयो । यही घर पनि स्थानिय मण्डली, चर्चको सहयोगले बनेको उल्लेख छ ।
-भिडियो हेर्न यो लिंक खोल्नुहोस ।
https://www.youtube.com/watch?v=-T7mjVJXiK4&feature=youtu.be