-रावन बिश्वकर्मा, बर्दिया
नेपालका कार्यबहाक राष्ट्रपति एवंम उपराष्ट्रपति नन्द बहादुर पुनले ऊँ केदारेश्वर धाम बाँसगढी बर्दियाको उद्घाटन गर्नुभएको छ । बिश्व प्रशिद्ध धाम निर्माण गएिको १ सय ८ फिट अग्गो दिव्य जोर्तिलिङ्गमा पुजा आर्चना गरी उपराष्ट्रपति पुनले आज धामको बिधिबद् रुपमा उद्घाटन गर्नुभएको हो ।
धामको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै उपराष्ट्रपति पुनले धार्मिक पर्यटनले सम्बृद्ध नेपाल बनाउन महत्वुर्ण योगदान पुर्याउने बताउनुभएको छ । बर्दिया जिल्ला देश कै पर्यटकिय गन्तव्य जिल्ला भएको र धार्मिक केन्द्रको रुपमा निर्माण भएको ऊँ केदारेश्वर धामले पर्यटन प्रबद्धनको बिकासमा थप टेवा पुग्ने बताउनुभयो ।
उहाँले ऊँ केदारेश्वर धाम निर्माणले बर्दियाको मात्रै नभएर प्रदेश नंम्बर ५ कै समृद्धिको यात्रामा ठोस योगदान दिने बिश्वास व्यक्त गर्नुभयो । कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी समेत सम्हाल्नुभएका पुनले ५ नंम्बर प्रदेशको समग्र बिकास र धामको बिकासको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
फरक प्रसंगमा बोल्दै उहाँले देशको बिकास र समृद्धिको मुख्य शत्रु भ्रष्टाचारको तर्क गर्दै उहाँले भन्नुभयो जवसम्म हामीले भ्रष्टाचारलाई न्युनिकरण गर्दै सुशासन कायम गर्न सक्दैनौ तव सम्म बिकासका कामले गति पनि लिन सक्दैन ।
भ्रष्टाचार न्युनिकरणका लागि आम नागरिक सचेत हुनु पर्छ म सबैलाई आग्रह गर्न चाहान छु भ्रष्टाचार न्युनिकरणका लागि खबरदारी गर्नुहोस, तपाई हामी सबै जनस्तरबाट पनि सचेत हुन जरुरी छ र भ्रष्टाचार अनियमिताका लागि संघर्ष गर्न जरुरी छ ।
उहाँले अब देशमा बिकास र समृद्धिका लागि प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । तिनै तहका सरकारहले जनतामा साँचिकै गाँउ गाँउमा सिहदरबार आएको महशुस हुने गरी काम गर्ने समेत ध्यानाकर्षण गराउनुभयो ।
धामका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वामी बिबेकानन्द, पुर्व सिचाई मन्त्रि तथा सँघिय सांसद संजय गौतम, पुर्व सिचाई राज्य मन्त्रि तथा सबिधान सभा सदस्य दल बहादुर सुनार, सबिधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगर तथा गाँउपालीकाका प्रमुख लगायत बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धामका पुर्व अध्यक्ष, बिभिन्न संरचना निर्माण गर्ने व्यक्तित्वहरु र सबै भन्दा बढी दान गर्ने दानदाताहरुलाई सम्मान गरिएको थियो । बाँसगढी नगरपालीकाका नगरप्रमुख सालिकराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन धामका महासचिव कृष्ण बहादुर रावतले गर्नुभएको थियो ।
२०७० सालबाट निर्माण प्रक्रिया सुरु भएको धामको ६ वर्ष पछि उदघाटन गरिएको हो । धाममा हाल सम्म विश्व प्रशिद्ध १ सय ८ फिट अग्लो दिव्य जोतिर्लिङ्ग, ३ सय ८४ सिडिको कैलाश मार्ग, १ सय ८ गौमुखि मुक्ति धारा, १ सय ८ तुल्सी मठ र गणेश मन्दिरको निर्माण गरिएको छ भने अन्य धार्मिक संरचना निर्माणको प्रक्रियामा रहेका छन ।
धामको उद्घाटन सँगै संगितमय ज्ञानमहायज्ञ सञ्चालन भएको छ । बैशाक १८ गते सम्म सञ्चालन हुने महायज्ञमा ऋषिराम शास्त्रीको मुर्खाबिन्दूबाट कथाबाचन हुने सञ्चार संयोजक शंकर शर्माले बताउनुभयो ।