नेत्र विक्रम चन्द (विप्लव) नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी माथी सरकारले लगाएको प्रतिवन्धको प्रतिरोध र नेता कार्यकर्तालाई गैर न्यायिक तरिकाले गरिएको गिरफ्तारीको विरुद्ध आज नेपाल वन्दको आवहान गरेको छ ।
वन्दका कारण देशका विभिन्न स्थानमा असर परेको देखिएको छ । सडकमा यातायातका सवारी साधानहरु पनि कमै चलेका छन । बाँके सहित देशका विभिन्न भागमा केही शंकास्पद बस्तुहरु पनि भेटिएका छन ।
कोहलपुरमा विहान एउटा शक्तीशाली बम विस्पोट भएको जनाईएको छ । स्थानियका अनुसार बिहान करिब साढे ४ बजेतिर बम विस्फोटको ठुलो आवाज सुनिएको स्थानियले जनाएका छन ।
विस्फोट स्थल इलाका प्रहरी कार्यलय बाट मात्र २ सय ५० मिटरको दुरीमा रहेको साझा चोक एनसिएलको विज्ञापनका लागी राखिएको गोलो संरचनामै विस्पोट भएको नजिकैका स्थानिय व्यापारीहरुले बताएका छन ।
विस्फोटबाट कुनै मानविय क्षति भने नभएको जानकारी इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको छ । यसै गरी पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कोहलपुर बिच चौराहामा नै अर्को एउटा प्रेस कुकर वम फेला परेको छ ।
आज बिहान ५ बजे मुख्य राजमार्गमा शंकास्पद बस्तु देखिएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।
करिब २ घण्टाको प्रयासपछि सिद्धिबिनायक सामुदायिक बनमा लगेर बम डिस्पोज गरिएको छ । प्रहरीका अनुसार निष्क्रिय पारिएको कुकर बममा ठुलो क्षमताको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।