आमसंञ्चार माध्यम र पत्रकार सँगको सम्बन्धलाई बलियो बनाउन राष्ट्रिय खेलकुद परिषद तयार रहेको सदस्य सचिव केशव कुमार विष्टले बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार उप–समितिले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न आमसंञ्चार माध्यम र पत्रकारहरुको पनि महत्वपुर्ण भुमिका रहने भएकाले प्रभावकारी समन्वय सहकार्य गर्दै अघि बढने र त्यसका लागी निश्चित बजेटको पनि ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
२२ बर्षपछि नेपालगंजले पाएको अवसरलाई ऐतिहासीक बनाउन लागी परेको भन्दै उहाँले खेलाडी, अतिथि गरी करिब १५ देखी २० हजार जनाको प्रत्यक्ष सहभागीता हुने गरी काम भईरहेको बताउनुभयो ।
“आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफनै देशमा” भन्ने नाराका साथ आयोजना गर्न लागीएको आठौं राष्ट्रिय खेलकुद २०७५-०७६ औपचारिक रुपमा आगामी बैशाक ५ गतेदेखी ११ गते सम्म संञ्चालन गरिदै छ ।
तर प्रदेश नम्बर ५ हुन लागेकोे खेलकुदमा समावेश ३५ वटा खेल मध्ये केही खेलहरु भने यही चैत्र २७ गतेबाट नै शुरु हुनेछन । राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष, युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा गएको चैत्र १५ गते बसेको परिषदको १ सय ११ औं बोर्ड बैठकले खेलकुद बारेमा अन्तिम निर्णाय गरेको थियो ।
बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही लगायतका जिल्लामा हुने खेलकुदले नयाँ पुस्तालाई खेलप्रति आकार्षित गर्न केही छाप छोडेर जाने गरी अहिले तयारीलाई तिब्रता सगैं ब्यवस्थापकिय कुराहरुमा ध्यान दिईएको छ ।
प्रत्येक दुई–दुई बर्षमा खेलकुद आयोजना गर्ने लक्ष्य सहित २०३८ सालमा यसको शुरुवात भएको थियो । तर शुरुका तीन संस्करण बाहेक कुनै पनि राष्ट्रिय खेलकुद २ बर्षमा हुन सकेन्न । त्यही परिस्थितीको अन्त्य गर्न २ बर्षकै अवधिमा राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी थालिएको उल्लेख छ ।
खेलकुदको उद्दघाटन २०७६ साल बैशाख ५ गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने संम्भवना रहेको छ । भौतिक पूर्वाधार, मौसम, देशको बदलिदो परिवेशले निम्ताउन सक्ने विभिन्न चुनौतिका बीच पनि खेलाडि, अतिथी, दर्शकको मन जित्ने गरी काम भईरहेको राष्ट्रिय खेलकुद परिषद प्रचारप्रसार उपसमितिको दाबी छ ।
-साभार : रेडियो मर्निगं स्टार