आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्रता दिईएको छ । जस अनुसार प्रतियोगिताको लागी बाँकेको नेपालगन्ज स्थित रङशालाको फुटबल खेल मैदानमा बरमुडा (दुबो) लगाउने काम पनि सकिएको हो ।
केहि दिन पहिले पनि लगाइएको दुबोमा थप गरदै मंगलबार खेल मैदानलाई पुग्ने गरी लगाइ सकिएको क्षेत्रिय खेलकुद विकास समिति, प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलिले जानकारी दिनुभयो ।
पहिले लगाइएका बरमुडा घाँस केहि ओइलाएका कारण थप दुबो बाँंकि रहेको स्थानमा लगाइएको हो । दुबोलाई हराबरा बनाउन सिंचाई लगाएतको रेखदेख समेत भैरहेको आयोजकले जनाएको छ ।
बरमुडा घाँस (दुबो) सगैं पुर्व पट्टि रहेको प्याराफिटमा रङ्गरोगन गर्ने काम पनि सकिसकेको अध्यक्ष बलिले बताउनु भयो । अध्यक्ष वलिले भन्नुभयो, ‘आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ चैतमै सञ्चालन गर्ने गरी अन्तिम तयारीहरु भैरहेको छ ।’
भिआइपि प्याराफिटको काम पनि धमाधम भइरहेकाले तोकिएको समयभित्रै तयारी सकि सक्ने अध्यक्ष वलिले बताउनुभयो ।