देशको संविधान तथा कानुनी व्यवस्थामा दलितहरुको हक र अधिकारको वारेमा जानकारी गराई कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको गुलरियामा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका वडा नम्बरं ४ को सहयोग तथा दलित सेवा संघ बर्दियाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । नारायणनाथ स्मुृती प्राविमा आयोजित कार्यक्रममा सहभागीहरुले दलित मैत्रि निती तथा कार्यक्रम सरकारले नल्याएको गुनासो गरेका छन ।
कुल जनसंख्याको २० प्रतिशत रहेको दलित समुदायलाई सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपले सशक्त बनाउन प्रभावकारी निती तथा कार्यक्रमको आवाश्यकता रहेको औल्याएका छन ।
वडा नम्बर ४ का कार्यवहाक अध्यक्ष शान्ति वि.क.ले दलित समुदायमा अमानवियता विरुद्ध लडन सक्ने जागरुकता पैदा भएकोले आफना हक र अधिकारको वारेमा चासो राखेको वताउनुभयो ।
वडा सचिव घनश्याम अधिकारीले दलितहरुको मर्मलाई बुझदै आगामी वर्षमा थप निती तथा कार्यक्रमहरु वडाले ल्याउने जानकारी गराउनुभयो । दलित सेवा संघ वर्दियाका अध्यक्ष तारा वहादुर सुनारले राज्यले सदियौ देखी दलितहरुलाई वन्चितीकरणमा पार्दै अन्याय गरेको छ उल्लेख गर्नुभयो ।
संविधानमा भुमिहिन दलितलाई एकपटक खानपुग्ने गरी जमिन उपलल्ध गराउने भनेतापनि कानुनमा १० धुर जग्गा दिने नियम सिंगो दलितलाई अन्याय गर्न लागेकोमा आक्रोस पोख्नुभयो ।
यसैविच वडामा दलितहरुको हक र अधिकारका लागी काम गर्न भन्दै दलित सञ्जालको गठन गरिएको छ । जसमा मनि बहादुर ताउलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती बनाईएको हो ।
संञ्जालको उपाध्यक्षमा उर्मिला परियार, सचिव सुनिता विश्वकर्मा, कोषाध्यक्षमा भगवति वि.क. सहचिव जगदिश चमार रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा रमेश चमार, सुमित्रा वि.क., सविता सेवा, कल्पना कसेरा, सुनिता विश्वकर्मा, चन्द्रमाया सुनार, ओमकुमारी सुनार, आरती धोवि, लाल वहादुर सुनार, इन्द्रा सुनार र अविर परियार रहनु भएको छ ।