काठमाडाैं ।
प्रेम शब्दले नै कुनै नयाँ अभाष तथा अनन्दको अनुभूति दिलाउदछ र उत्तिकै मात्रामा खुलदुलि पनि दिलाउदछ । हरेक व्यत्तिले प्रेम गर्ने इच्छा राखेको नै हुन्छ । कोहि थोरै समयमा धेरै सँग प्रेममा पर्दछन् भने कसैलाइ एकपटक प्रेममा पर्न पनि धेरै समयको पर्खाइ गर्नुपर्ने हुन्छ ।
प्रेम सम्बन्धमा रहनु एक अर्थमा भन्ने हो भने दुःखमा सहानुभूति प्राप्त गर्ने अधार बनाइराख्नु पनि हो। प्रेममा बाधिएपछि कम से कम एक तिरबाट सहानुभूति अउने कुरामा ढुक्क भएर बस्दा केहि फरक पर्दैन । एक अर्काको दुःखमा याद गर्नु एउटा नियम हो भने दुःखमा परेको प्रेमीलाइ कुनै माध्यमबाट सहानुभूति प्रकट गर्नु प्रेमीको कर्तव्य जतिकै हो। यदि कोहि सम्बन्धमा बाधिएको छ भने हरेक पल एक अर्काको बारेमा जानकारी लिनु सामान्य हुन्छ। हरेक क्षण खाना , खाजा अनि सन्चो बिसन्चो सोध्नुलाइ प्रेमका लागि अवश्यक अघोषित पूर्वावश्यकता हो भन्दा पनि फरक नपर्ला । यदि एक दिन यो कुरा सदा भन्दा फरक भएमा सम्बन्धमा चिसोको प्रवेश नहोला भन्न सकिदैन ।
प्रेम कुनै ग्यारेण्टि नभएको चाइनिज विद्युतीय सामाग्री जस्तै प्रकृतिको हुन्छ । कुनै मन्द हावाले पनि यसमा ठूलो हूरी ल्याउन सक्दैन भन्ने केहि अधारहरू छैनन् । प्रेम कति समयसम्म टिक्छ भन्ने कुनै निश्चित समयसिमा छैन । सायद त्यहि भएर होला “ कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा “ भन्ने लोक गीतको लोकप्रीयता एक समयमा उच्च भएको । एउटा सानो त्रुटि पनि प्रेमको मामलामा भने ठूलो हुन सक्दछ । जति सजिलो छ प्रेममा बाधिन त्यो भन्दा कयो गुणा कठिनता प्रेम टिकाइराख्नमा छ ।
जुन सम्बन्ध छन् , ती सम्बन्धहरू तोडिन्छन् । यो कुनै ठूलो कुरा होइन । प्रेमको मामिलामा भन्ने हो भने अहिलेको राम्रो सम्बन्ध भोलिनै तोडिदा यसले अश्चर्यता प्रदान गर्ने दिनको लगभग अन्त्य नै भइसक्यो । तर अश्चर्यता त त्यति बेला लाग्छ जतिबेला कसैले भन्छ यार! मेरो त बिना प्रेम पनि बिछोड भएको थियो। जसले प्रेमको अनन्दको अनुभूति गरेको हुदैन उसले नै प्रेमभन्दा अगाडिनै बिछोडको पीडाको तीतो स्वाद बटुल्ने अवसर प्राप्त गर्दछ। यसलाइ अवसरका रूपमा लिने की दुर्भाग्यको रूपमा लिने हरेकमा भर पर्ने कुरा हुन्। अधिकतमले यसलाइ दुरअवशरकै रूपमा लिन्छन्। किनकी अशु बगाउनु हरेकका लागी पीडादायक नै हुन्छ। पहिलेको प्रेमलाइ सम्झेर पिडित अनुभव गर्नु र अशु बगाउनु अफैमा सार्थक होला तर प्रेमभन्दा अगाडि नै भएको बिछोडलाइ सम्झेर निराश हुनु अफैमा पिडादायक र हास्यास्पद हुन्छ । जसले प्रेमभन्दा अगाडि नै बिछोडको अनुभव लिएको छ उसका लागी यो कुरा अवश्य पीडादायक हुन्छ र यस्तो अवशरबाट छुटेकालाइ यस्ता कुरा हास्यास्पद बाहेक अरू केहि हुदैन ।