WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
शिक्षाको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार छेडागाड नगरपालिका वडा नम्बर १२ मा कार्कीगाउँमा रहेको नारायणी माबिमा सो कार्यक्रम गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्रीले शिक्षाको अधिकार सम्बन्धी संबैधानिक ब्यवस्था र कार्यान्वयनको अवस्थाका बिषयमा र नारायणी माबिका प्राचार्य गणेश कुमार बस्नेतले शिक्षा नीतिमा भएका ब्यवस्था र तिनको कार्यन्वयन अवस्थाका बिषयमा अलग–अलग आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।
छेडागाड नगरपालिका स्तरिय मानव अधिकार समूहका सदस्य धर्मलाल वलीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा नेपाल शिक्षक संघ कर्णाली प्रदेश, संयोजक इलम बहादुर शाही, बाल अधिकार चेतना समूहका अध्यक्ष मनिशा सुनार, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक टोप बहादुर खत्री, नारायणी माबि शिक्षक अभिभावक संघका अध्यक्ष बल बहादुर सिंह लगायत ४१ जनाको सहभागीता रहेको थियो ।
इन्सेक जाजरकोटका जिल्ला सहजकर्ता प्रसाद नेपालीका अनुसार स्थानिय समुदायलाई सचेत पार्र्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत शिक्षाको अधिकार सम्बन्धि संबैधानिक ब्यवस्था, विद्यमान शिक्षा नीति र प्रावधान तथा सोको कार्यन्वयन अवस्थाका बारेमा सरोकारवाला बीच अन्र्तक्रिया गरिएको हो ।