बर्दियाको गुलरिया नगरपालिकामा संञ्चालीत सघन सहरी बिकास कार्यक्रम अन्र्तगत विभिन्न भौतिक निर्माण कार्यको प्रगति ७० प्रतिशत पुगेको छ ।
नगरपालिकाका सव–इन्जिनियर अर्जुन कुमार लम्सालले भन्नुभयो, ‘केही ठाउँमा असहयोग भएका कारण काम रोकिएको छ ।’
नगरपालिका अन्र्तगत १५ किलो मिटर कालोपत्रे सडक, ३४ किलोमिटर ग्राबेल, ७ किलोमिटर नयाँ ट¥याक, बाढी आउँदा सुरक्षित स्थानमा बस्नका लागी ३ वटा सुरक्षित घर, एउटा कभर्ड हल, ट्रान्समिटर सहित साढे ३ किलोमिटर क्षेत्रमा विद्युत विस्तार सहित ९० प्रतिशत विकास निर्माणका काम भए गरेको सव–इन्जिनियर लम्सालले जानकारी दिनुभयो ।