अनलाईननेपालगंज डटकम :
पछिल्लो समय के.पी ओली सरकारलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भित्रबाट निकै प्रहार भईरहेको छ । प्रधानमन्त्री के.पी ओलीले संविधान मिचेर काम गरेको भन्दै नेपाली कांग्रेस र नेपाली कांग्रेसका भातृ संस्थाले चर्को विरोध गरिरहेको देखिन्छ । यसै बीच कांग्रेसको प्रमुख भातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले के.पी ओलीलाई तह लगाउन कांग्रेस होइन नेपाल तरुण दल नै काफी रहेको बताउनुभएको छ ।
केहि दिन अगाडी देखि भारतको नया दिल्ली भ्रमणमा रहनु भएका उहाले दिल्लीमा नेपाल तरुण दल भारतको दिल्ली शाखाद्वारा आयोजित नेपाली राजनीतिमा भूमिका बिषयक विचार गोष्टी कार्यक्रममा बोल्दै के.पी ओलीको राष्ट्रवाद पूर्णतया रुपमा लम्पसारवादमा परिवर्तन भईसकेको समेत प्रष्ट रुपले बताउनुभयो । यस्तै उहाले देश र जनताको अधिकार दमन गर्न खोजे त्यसको प्रतिकारमा सडकबाट नेपाल तरुण दल कडा संगर्षमा उत्रिने समेत बताउनुभयो । यस्तै उहाले के.पी ओलीलाई समयमा नै सचेत हुन सुझाब दिदै प्रतिपक्ष दल भनि कांग्रेसलाई हेप्न खोजे त्यसको ठुलो क्षेति भोग्नु पर्ने चेतावनी समेत दिनुभएको छ ।
यस्तै उहाले विचार गोष्टीमा बोल्दै आजको आवश्यकता नै युवा जनशक्ति भएकोले राजनीतिमा पनि युवाहरुको भूमिका निकै अपरिहार्य रहेको बताउनुभएको छ । यस्तै उहाले अबको तरुण दल र कांग्रेस युवा मुखी नै हुने र उमेरले मात्र युवा भएर नपुग्ने सोच्ने र काम गर्न सक्ने क्षेमता पनि युवाकै हुनु पर्ने टिप्पणी गर्नुभएको छ । यस्तै उहाले कांग्रेसमा चलिरहेको नेतृत्व परिवर्तनको विषयमा बोल्दै सबैले साथ दिए र एकजुट भएर काम गरे र आफ्नो तर्फबाट निस्वार्थ र सहि ढंगले जिम्मेवारी पुरा गरे अहिलेकै नेतृत्व नै बलियो हुने र यहि नेतृत्वले नै कांग्रेसलाई माथि पुर्याउने समेत विश्वास ब्यक्त गर्नुभएको छ ।
पछिल्लो समय नेपाल तरुण दल निकै सक्रिय भएर लागिरहेको देखिन्छ । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वको यति बेला निकै चियो चर्चो भईरहेको छ । केहि समय अगाडी मात्र पहिलोपटक ऐतिहासिक रुपमा सम्पूर्ण तरुण दल जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षहरुको प्रशिक्षण भेलाको आयोजना गरेको नेपाल तरुण दलले निकै कम समयमा प्रदेश स्तरीय अन्तर्गत सातैवटा प्रदेशमा र गाउँपालिका र नगरपालिका सम्म प्रशिक्षण भेला देशभर गरिसकेको छ । यस्तै अब यहि जेठ १९ गते देशभर हरेक वडामा तरुण दल वडा स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना हुदैछ । अब हरेक युवा र जनताको साथमा नेपाल तरुण दल रहने प्रतिबद्धता नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले ब्यक्त गर्नुभएको छ ।