सम्माननिय प्रधानमन्त्री के•पी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो प्रम हुनु भो जो प्रम हुन साथ देशको विभिन्न ठाऊमा बलात्कार,सिमा विवाद ,हत्या र थुप्रै अरु निन्धनिय काम बढ्दो छ । पत्र पत्रिका,रडेयो,टेलिभिजन र समाजिक संजालमा भाईरल बन्दै आएको छ र जनताहरुका मनमा आक्रोशको ज्वालामुखी दन्किदै रहेको देखिन्छ ।प्रम ज्यु तपाई थुप्रै रमाइलो भाषण गर्दै आएको कुरा सम्पुर्ण नेपाली हरुमा अवगत नै छ । उखान टक्का बाट परिचित प्रम तपाई कहिले घर घरमा ग्यासका पाईप लाईन ल्याउने,रेल कुदाउने र प्रशान्त महासागर मा नेपाली झन्डा भएको पानि जहाज चलाउन्छौ भन्नुभयो तर तपाईले कहिले महिला हिंसा,बढ्दो सिमा विवाद जस्तो जघन्नय अपराधको विरोधमा कहिले अडान लिनुभएन । जनताले बहुमत दिएर पठाए केही इमानदारीपुर्वक र सकरात्मक विचार लिएर काम गर्लान कि भनेर सोचेका थियो तर फेरी त्यही सिंगापुर र स्विटजरल्याण्ड जस्तो बन्ने छ भन्ने कुरा सुने पछि अब तपाई बाट केही सकरात्मक कामको आशा लाग्न छोड्यो । हो सपना देख्नु पर्छ तर जे अहिल सम्भव छ र गर्न सकिन्छ भने सपना देख्न ठिक हो जति तपाईले ठुला ठुला भाषण गरेपनि आधुनिक नेपालको इतिहासमा हेर्नु पर्दा जति काम महेन्द्रराजाको शाशनकालमा भाको छ त्यती काम कहिले भएको छैन । उनले यस्तो गर्छ ,त्यसतो गर्छ भनेर कहिले भनेन्न। उनि चुपचाप नै बस्थे ,काम सकिएपछि जनताले आफै देख्थ्थ र बुझ्थे। त्यत्रो राष्ट्रवादको पाठ पढाउने तपाई आज किन लाचार र मौन ? भारतिय प्रधानमन्त्री महामयिम नरेन्द्र मोदी आउदा त्यत्रो सम्मान के का लागी ? उहा हामी नेपालीहरुको लागी सम्मानयोग्य हुनुहुन्न ।
महाभुकम्मप पछि लगाइएको नाकाबन्दी , बोडरमा हुदै गरेको हत्या र सिमा विवाद हामीले बिर्सेका छैनौ वली ज्यु । विश्व हल्लाउन सक्ने ,गोर्खालीको देश भनेर चिनिने नेपालको सुरक्षा स्थिती कमजोर भयो भनेर किन त्यत्रो भारतिय हतियार धारी सेना नेपाली भुमीमा आका किन?? किन नेपाली सुरक्षा ब्यवस्था निकै कमजोर देखिन्छ ? तपाईको यो निर्णयले सुरक्षाकर्मीहरु मनोबल खस्नुको साथ साथै नराम्रो सन्देश नि जान्छ । कि तपाईको नेतृत्वमा रहेको सरकारलाई बचाउनको निम्ती हो ?
सम्माननिय प्रधानमन्त्री ओली ज्यु,समय परिवर्तनशील छ जस्ले गर्दा बद्लिदो समाजमा समयले मागेको र रोजेको बमोजिम काम गर्न सकिएन भन्ने अघि बढ्न सकिदैन्न ।त्यसैले वर्तमानका कमि कमजोरीलाई छिचोल्दै आउने दिनको लागी नया तरिका ,नया जोश जांगर,नया उर्जा र नया विचार बोकी अघी बढ्नै प्राणका साथ सबैबिच हातेमालो गरी अघि बढ्न सके मात्र देश,दल,कार्यकर्ता र जनताको निम्ती राजनितिक भबिष्य एंवम देशको भबिष्य सुन्दर हुने देखिन्छ । जय नेपाल!!!
सम्राट जंग शाह
बाँके, नेपालगंज
हाल काठमाण्डौ