एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेइमार यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले नै उनी फिट हुने आशा गरिएको छ ।
नेइमारले खुट्टाको हड्डी भाँच्चिएपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेइनबाट पछिल्ला खेलहरु गुमाएका थिए ।
नेइमारले छिट्टै खेलमा फर्किन निकै मेहनत गरिरहेका छन् । फेब्रुअरीमा मार्सेलीविरुद्धको खेलमा चोटग्रस्त भएपछि त्यसयता नेइमार मैदानबाहिर छन् ।
यो हप्ता नेइमारको फिटनेसमा निकै सुधार आएको चिकित्सकहरु बताउँछन् । मेडिकल टेस्टको समयमा पनि नेइमारले दुवै खुट्टाले जम्प गरिरहेका तस्बिर सार्वजनिक भएका छन् । त्यस्तै उनले ट्रेडमिलमा एक्सरसाइज पनि गरिरहेका छन् ।
नेइमारले आफू फिट रहेको सन्देश आफ्ना प्रशंसकहरुलाई फोटो र भिडियोमार्फत जानकारी दिइरहेका छन् ।