साविक विजेता मुम्बई इन्डियन्स, इन्डियन प्रिमियर लिग आइपिएलको चौथो स्थानमा उक्लिएको छ । मुम्बइले गएराती भएको खेलमा कोलकत्ता नाइड राइडर्सलाइ एक सय दुइ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
जीतसंगै मुम्बइको प्ले अफ पुग्ने संभावना कायमै रहेको छ । कोलकत्ताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ६ विकेट गुमाउदै दुइ सय १० रनको विशाल योगफल बनाएको थियो ।
उसका लागि इसान किसनले ६२ रनको उत्कृष्ट पारी खेले । जम्मा २१ वल खेलेका किसनले पांच चौका र ६ छक्का प्रहार गरेका थिए । मुम्बइ सामु कोलकत्ताका वलर निरिह सावित भए । पियुस चावलाले चार ओभरमा ४८ रन खर्चदै तीन विकेट लिए ।
जवाफमा दुइ सय एघार रनको लक्ष्य पछ्याएको कोलकत्ता १८ ओभर एक वलमा एक सय ८ रनमा अल आउट भयो । कोलकत्ताका लागि नितिश राना र क्रिस लिनले २१–२१ रन बनाएका थिए । रोविन उथप्पाले पनि ठुलो पारी खेल्न सकेनन् । उनी मात्र १४ रनमा पवेलियन फर्किए । कोलकत्तालाइ सस्तैमा समेट्ने क्रममा हार्दिक पान्डे र क्रुामल पान्डेयले दुइ दुइ विकेट लिए ।
मुम्बइको एघार खेल बाट दश अंक छ । कोलकत्ताको पनि एघार खेलबाट समान दश अंक भएपनि रन रेटका आधारमा पछि पर्दै पांचौ स्थानमा झरेको छ । आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र सनराइजर्स हैदराबाद बीच खेल हुनेछ ।