काँग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी तरिकाले पदाधिकारी मनोनयन गरेपछि काँग्रेस भित्र थप असन्तुष्टी बढ्दै गएको छ ।
बहुमतका आधारमा केन्द्रीय समितिबाट सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्ण बहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई नियुक्त गरेपछि असन्तुष्टी चर्को भएको हो ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिस्कार नै गरेको छ भने पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देउवाको कार्यशैली र निर्णय अकल्पनीय भएको टिप्पणी गर्नु भएको छ ।
त्यसैगरी महामन्त्री डा शशांक कोईरालाले मौन समर्थन गरेपछि बाहिर केही बोल्न सक्नु भएको छैन भने अर्का प्रभावशाली नेता डा शेखर कोईरालाले विधाव विपरित नियुक्ती भएको तर्क गर्नु भएको छ ।
नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै उहाँले प्रक्रिया र प्रचलन विपरित भएकाले पार्टी थप कमजोर बन्दै गएको बताउनु भयो ।
उहाँले सभापति बलियो देखिएपनि पार्टी कमजोर भएको टिप्पणी गर्नुभयो ।