काठमाडाैं ।
गृहमन्त्रीकाे निर्देशन वमाेजिम पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन् । बन्जाडेलार्इ इलाका प्रहरी कार्यलय बुटवलको टोलीले ट्राफिकचोकस्थित चिया पिउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरी उनकाे खाेजखबर गर्दै त्यहाँ पुग्दै गर्दा उनी पक्राउ परेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
सिन्डिकेटको पक्षमा सरकारलार्इ दबाब दिन यातयात व्यवसायीले बुटवल लगायत देशैभरी सार्वजनिक सवारी साधन गुडाएका छैनन् ।
बुटवलकाे लुम्बिनी टर्मिनलमा रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन्। लुम्बिनी क्षेत्रमा १४ वटा सवारी सम्बद्ध समिति छन्। बन्दमा उनीहरु सबै एकवद्ध भएका छन्।
यातायात बन्दका कारण सर्वसाधरण यात्रु मर्कामा परेका छन्। विरामी लिएर फर्कदै गरेका र रोजगारीका लागि भारतीय सहरमा जान हिडेका यात्रुहरु बाटोमा अलपत्र छन्।
दैनिक रूपमा करिब एक हजार बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलमा बिहीबार साझदेखि नै एउटा बस देखिएका छैनन् ।