काठमाडाैं । ११ वैशाख – युरोपेली सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युएफ्ए च्याम्पियन्स लिगका सेमिफाइनलका खेलहरु मंगलबार राति देखि शुरु हुँदैछन्। च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ।
खेल आज राती नेपाली समय अनुसार साढे १२ बजे शुरु हुँदैछ। लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै, रोमाले स्पाललाई सिरी ‘ए’ अन्तरगत भएको खेलमा ३-० ले विजयी भएको थियो। बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल रोमाले एनफिल्डमा लिभरपुललाई निराश पार्ने लक्ष्य लिएको छ।
रोमाका प्रशिक्षक युसेडियो डी फ्रान्सेसकोले खेलअघि प्रि म्याच कन्फरेन्स लिभरपुललाई जित्न हरसंभव प्रयास गर्ने बताए, ‘लिभरपुल बार्सिलोना भन्दा भिन्न छ, हामीले लिभरपुलको कमजोरीको फाइदा उठाउँदै जित्ने प्रयास गर्नेछौं।’ लिभरपुलका प्रशिक्षक यर्गन क्लोपले भने, ‘च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै टोलीका लागि महत्वपूर्ण क्षण भएकाले यस खेलको मजा लिनेछाैं, क्लोपले भने, ‘च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै लिभरपुल र रोमाका लागि महत्वपूर्ण क्षण हो, त्यसैल दुवै टोलीले खेलको आनन्द लिनेछ। हामीले जित्ने प्रयास गर्नेछौं।’ लिभरपुल र रोमाबीच च्याम्पियन्स लिगको ५ भेटमा लिभरपुलको नाममा २ जीत र २ खेल बराबरी र १ मा रोमाको जीत छ।
पछिल्लो ५ खेलमा लिभरपुल ३ जीत र २ बराबरीसँगै अपराजित छ, त्यस्तै रोमाले पछिलो ५ खेलमा ३ जीत, १ बराबरी र १ हारको नतिजा निकालेको छ।