काठमाडौं । ४ बैशाख – रोजगारीका लागि युएई पुगेका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको दुबईमा सुतेकै ठाउँमा ज्यान गएको हो ।
पाँच वर्षअघि युएई पुगेका राई दुबईको बर्केली कम्पनीमा क्लिनरको काम गर्दै आएका थिए । गत मंगलबार राती ड्युटी गरेर फर्किएका मिनबहादुरको सुतेकै ठाउँमा ज्यान गएको हो ।
बुधबार साँझ काममा जाने समयसम्म नउठेपछि उठाउन खोज्दा ज्यान गएको थाहा भएको उहाँसँगै बस्ने साथी योगेन्द्र गुरुङले जानकारी दिएका छन् ।
सुतेको ठाउँबाट नउठेका मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको कम्पनीले जनाएको छ ।