अनलाईननेपालगंज डटकम :
झापामा भईरहेको नेपाल तरुणदल प्रदेश स्तरीय प्रशिक्षण भेलाको कार्यक्रममा बोल्दै नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले नेपाली कांग्रेस प्रतिपक्षमा बसेकोमा आत्तिनु पर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभएको छ | जनताको माझ जाने र जनताको हक र अधिकारको लागि आवाज उठाई लड्ने बेला आएको र सबै मिलि नेपाली कांग्रेसलाई अझ बढी बलियो बनाउने समय पनि आएको उहाले बताउनु भयो | चैत्र २५ गते अर्थात् हिजो देखि प्रदेश नं १ अन्तर्गत झापाको विर्तामोडमा सुरु भएको नेपाल तरुणदल प्रदेश स्तरीय प्रशिक्षण भेलाको आज समापन भएको हो । निकै भव्यताका साथ हिजो नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाद्वारा उद्घाटन सहित सुरु भएको भेला आज पनि भव्यताका साथ नै सम्पन्न भएको छ ।
प्रशिक्षण भेलाको दोस्रो र समापनको दिन आज नेपाल तरुणदलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा, नेपाली कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र नेपाल तरुणदल पुर्व अध्यक्ष विनोद कायस्थ ज्यूले उपस्थित सबैलाई प्रशिक्षण प्रदान गर्नुभयो । यस्तै उहाहरुले नेपाल तरुणदलको सिद्धान्त, मुल्य मान्यता र यसको निर्माणको उदेश्यको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
समापन कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै उहाले तरुणदलको यो अभियानमा जुट्न सबैलाई निर्देशन समेत दिनु भयो । यस्तै उहाले प्रदेशमा मात्र नभएर जिल्ला जिल्ला र गाउँ गाउँ सम्म तरुणदलको यो अभियानलाई यसै गरि अगाडी बढाउनको लागि लागिपर्न सबै जिल्ला अध्यक्ष र जिल्ला समितिलाई निर्देशन दिनु भयो ।
चैत्र २५ र २६ को प्रदेश नं १ को प्रशिक्षण भेला पछि अब प्रदेश नं २ को प्रशिक्षण भेला भने चैत्र २९ र ३० मा पर्सामा हुदैछ । प्रदेश नं २ को प्रशिक्षण भेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला ज्यूको उपस्थित रहने तरुणदल केन्द्रीय समितिले जानकारी दिएको छ ।