सुरुबात बाट नै निकै प्रतीभा शाली खेलाडिको रुपमा परिचित छन ज्ञानेन्द्र तर बिगतका बर्ष हरुमा हेर्ने हो भने उनले आफ्नो प्रतिभा अनुरुप खेल प्रस्तुत गर्न सकिरहेका छैनन ।
बिगत १ बर्ष देखि नेपाली टिमको ओपनिङको जिम्मा समालेका ज्ञानेन्द्रले राम्रो सुरुवात गरेता पनि लामो इनिङ भने खेल्न सकिरहेका छैनन । उनले खेलेका ३२ लिस्ट ए खेलमा बिना सेन्चुरी पेभिलियन फर्कीएका छन । उनको केन्या बिरुद बनाएको ब्यक्तिगत ९१ रन नै उनको सर्बाधिक ठुलो स्कोर रहेको छ ।
ज्ञानेन्द्र नेपाली टोलीको मुख्य खेलाडीको रुपमा लामो समय देखी खेलिरहेका छन् । यसकारण पनी उनी टिमको लागी निकै महत्वपूर्ण खेलाडीको रुपमा रहेको छन । उनको राम्रो प्रदर्सन बिना नेपालले बिश्वकप छनोटमा टप ६ मा पुग्न गाह्रो हुन् जान्छ ।
केहि साता अघी मात्र सम्पन्न डिभिजन दुइमा नेपालको ब्यटिंग निकै कमजोर देखियो । नेपाली खेलाडीहरु स्ट्राइक रोटेट गरेर खेल्न नसकेको देखियो । अझ टोलीको उपकप्तान समेत रहेका मल्लको ब्यटिंगले सम्पुण समर्थकहरु लाइ चिन्तित बनायो । उनको हाल अन्तिम ८ खेलको प्रदर्सन हेर्न हो भने निकै नाजुक स्थिति रहेको छ ।
कुनै समय नेपालको भरपर्दो खेलाडीको रुपमा परिचित ज्ञानेन्द्र हाल निकै खराब फर्ममा रहेका छन । जति चाडो उनी आफ्नो लयमा फर्कन्छन नेपाल टिमका लागी यो सुखद हुनेछ ।