दीपक शर्मा
फागुन ७ गते, सुर्खेत । मन्त्री पद नपाएको झोकमा प्रदेशसभामा निर्वाचित एक सांसदले राजिनामा दिनु भएको छ ।
प्रदेशसभामा प्रदेश न ६ वाट निर्वाचित नेकपा एमालेका सांसद चन्द्रबहादुर शाहीले पार्टिले आफुलाई अन्याय गरेको भन्दै हुलाक मार्फत राजिनामा पत्र पठाउनु भएको छ । प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर दिने आश्वासन दिएपनि आफुलाई पार्टिले अन्याय गरेको भन्दै आफुले राजिनामा दिएको बताउनु भयो ।
मुगुबाट निर्वाचित हुनु भएका शाही यसअघि सभामुखका आकांक्षी देखिनुभएको थियो । नेकपा एमाले भित्र चर्चा चलेपनि अन्तिम चरणमा आएर दैलेखका राजबहादुर शाहीलाइ एमालेले सभामुख बनाएको थियो ।
नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समेत रहेका शाहीले२०४६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जित्नु भएको थियो । उहा आठौ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित हुनु भएको हो । २०४२ सालमा जेल परेपछि पार्टिको पुर्णकालिन राजनितिमा लाग्नु भएका शाही १५ वर्ष सम्म मुगुमा एमालेको पार्टि प्रमुख भएर काम समेत गरिसक्नुभ भएको हो । उहा पार्टि भित्र माधव नेपाल खेमाका भनेर चिनिनुहुन्छ । आफूले पार्टिको साधारण सदस्यबाट पनि राजिनामा दिएको संञ्चारकर्मिलाइ बताउनु भयो। पैसा र शक्तिको आडमा मन्त्री छनौट गरिएको हुदा आफूलाई अन्याय भएकोले राजिनामा दिन बाध्य भएको बताउनु भयो ।