अनलाईननेपालगंज डटकम :
देशमा धेरै राजनीतिक पार्टीहरु रहेको छ र सबै पार्टीको आफ्नै भातृ संगठन पनि रहेको छ । राजनीतिक पार्टीहरु मध्य नेपाली कांग्रेसको नाम अगाडी आउछ र यस पार्टीको भातृ संगठनहरु मध्यको एक हो नेपाल विद्यार्थी संगठन । लामो समय देखि ने.वि संघले विद्यार्थीहरुको हक हितको लागि लडिरहेको धेरैलाई अवगत नै छ । यहि अनुरुप धेरै जसो कलेज र क्याम्पसहरुमा ने.वि संघ इकाई समिति गठन पनि भएको छ । तर उक्त इकाई समितिहरुमा समयमा अधिबेशन भने हुन सकेको छैन । लामो समय देखि अधिबेशनको प्रक्रियामा रहेको ललितपुर जिल्लामा अवस्थित पोखरा विश्वोविद्यालय मान्यता प्राप्त युनिभर्सल इन्जिनेरीङ एण्ड साईन्स कलेजमा बल्ल यति बेला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट सर्वसम्मत रुपले शंकर खड्का ने.वि संघ युनिभर्सल इन्जिनेरीङ एण्ड साईन्स कलेजको मूल समितिको अध्यक्ष पदमा न्युक्त भएका छन् ।
अधिबेशनमा ने.वि संघ केन्द्रिय समिति र ने.वि संघ जिल्ला समितिका पदाधिकारीहरुको र अरु थुप्रै नेताहरुको उपस्थिति रहेको थियो । यस्तै अरु थुप्रै कलेजका ने.वि संघ इकाई समितिका नेताहरुको पनि अधिबेशन कार्यक्रममा उपस्थिति रहेको थियो । अधिकांश कलेज र क्याम्पसका ने.वि संघका अधिबेशनमा विवाद हुने गर्दछ तर यस कलेजमा भने सबैको विद्यार्थीको इच्छा चाहना अनुरुप नै नेता शंकर खड्का ज्युलाई अध्यक्ष पदमा न्युक्त गरिएको हो । लामो समय देखि ने.वि संघ युनिभर्सल इन्जिनेरीङ एण्ड साईन्स कलेजको मूल समितिमा निकै सक्रिय भएर लागिपरेको र विद्यार्थीको अधिकारको निम्ति संगर्ष गरेको कारण पनि उनले अध्यक्ष पद प्राप्त गरेको यस कलेजका विद्यार्थीहरु बताउछन । निस्वार्थ भावना बोकेर काम गर्ने शैली र ईमान्दार ब्यक्तिवोको कारण उनि सबै विद्यार्थीको आँखामा परेको जानकारहरु बताउछन ।
अध्यक्ष पदमा न्युक्त भएपछि उनले कार्यक्रममा बोल्दै आफुलाई माया र साथ दिनुहुने सबैजनालाई धन्यवाद समेत दिए । यस्तै उनले आगामी दिनमा अझ बढी सशक्त रुपमा सक्रिय भएर विद्यार्थीको हक हितको लागि आवाज उठाउने र लड्ने र कलेजलाई पनि राम्रो दिशा तर्फ मार्ग दर्शन गराउने प्रतिबध्ता उनले जाहेर गरे । यस्तै अब यस कलेजमा शंकर खड्काको अध्यक्षतामा १४ जनाको टोलीको नया मूल इकाई समिति बनेको छ । त्यसै गरि यस ने.वि संघ युनिभर्सल इन्जिनेरीङ एण्ड साईन्स कलेजको नया मूल समितिमा भुपेन्द्र धामी , अमृत दाहाल , मिलन गुरुङ , सौरभ ढकाल र हेमराज जोशी उपाध्यक्ष रहेका छन् । त्यस्तै प्रतिक महत भने यस समितिको सचिव पदमा न्युक्त भएका छन् । त्यस्तै उत्सव थापा , सौरभ भट्ट , हिमाल खड्का र मनिष श्रेष्ठ यस समितिका सह-सचिव न्युक्त भएका छन् । त्यस्तै दिव्या घोरासैनी कोषाध्यक्ष र सुजन लामा र कौशिला चौधरी भने यस समितिको सह-कोषाध्यक्षमा न्युक्त भएका छन् ।
नया इकाई मूलसमितिलाई सबै विद्यार्थी र उपस्थित सबैले भब्य स्वागत गरेका थिए । सबैले मूल समितिका नव न्युक्त अध्यक्ष शंकर खड्का लगाएत अरु पदाधिकारीहरुलाई टिका र अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।