श्रीलंकासँगको तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो टेष्टमा भारत विजयी भएको छ।
भारतले श्रीलंकालाई एक इनिङ र २३९ रनले पराजित गरेको हो। जितसँगै भारतले सिरिजमा १–० को अग्रता लिएको छ। यी दुई देशबीचको पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो।
४ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका चौंथो दिनमा १ सय ६६ रनको योगफलमा अलआउट भयो। श्रीलंकाका लागि कप्तान दिनेश चन्डीमालले सर्वाधिक ६१ रन जोडे।
श्रीलंकन इनिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिए। आश्विनले पहिलो इनिङमा पनि ४ विकेट नै लिएका थिए। योसँगै आश्विन टेष्टमा सबैभन्दा बढी ३ सय विकेट लिने खेलाडी बनेका छन्। आश्विनले ५४ टेष्टमा ३ सय विकेट पूरा गरेका हुन्।
भारतका लागि चार ब्याट्सम्यानले सतक प्रहार गरेका थिए। अघिल्लो खेलमा भारतले ६ विकेटको क्षतिमा ६ सय १० रन बनाएर पहिलो इनिङसको समाप्ती गरेको थियो। मुरली विजयले १ सय २८ र चेतेश्वर पुजाराले १ सय ४३ रन जोडेका थिए। विराट कोहलीले दोहोरो सतक बनाउने क्रममा २ सय १३ र रोहित शर्माले १ सय ३ रन जोडेका थिए।