काठमाडौँ, २१ कात्तिक । जिल्लाको क्षेत्र १ मा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।
स्थानीय तह निर्वाचनको गरिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो छ तर कांग्रेसको हेभीवेट उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने भएको हो ।
कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् ।
विगतमा उनले क्षेत्र ४ बाट उम्मेदवारी दिने गरेका थिए । यसपटक गिरीले जन्मथलो रोजेका छन् ।
वामगठबन्धनबाट एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उममेदावी परेको छ ।
राप्रपाका केन्द्रीय सदस्य तथा स्थानीय स्तरमा अत्यन्त लोकप्रिय लगनलाल चौधरी पनि एमाले प्रवेशपछि वाम गठबन्धनलाई झनै फाईदा पुगेको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।