काठमाडाैं, कात्तिक १९ – प्रिमियर लिग फुटबल प्रतियाेगितामा शनिबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ। वेष्ट ह्याम युनाइटेडको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा लिभरपुलले शानदार जीत हासिल गरेकाे हाे।
२१औं मिनेटमा मोहम्मद सालेहको गोलबाट अग्रता लिएको लिभरपुलका लागि जोल म्याटिपले २४औं मिनेटमा गोल गर्दै अग्रतालार्इ दोब्बर पारेका थिए। पहिलो हाफ २-० गाेल अन्तरको नतिजामा टुंगिएकाे थियो।
दोस्रो हाफको ५५औं मिनेटमा म्यानुअल ल्यान्जिनीले वेष्ट ह्यामका लागि गोल गर्दै स्कोर लाइनलार्इ २-१ मा परिणत गरे। तर, त्यो नतिजा धेरै समय टिक्न नदिँदै ५६औं मिनेटमै अक्स्लेड च्याम्बर्लिनले लिभरपुलका लागि तेस्रो गोल गरे।
खेल सकिन १५ मिनेट बाँकी रहँदा मोहम्मद सालेलले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरे। गएरातिको खेलसँगै लिभरपुल अहिले ११ खेलबाट १९ अंक जोड्दै लिग तालिकाको छैठौं स्थानमा रहेको छ।
गएराति नै भएका अन्य खेलमा स्टोक र लेस्टर सिटी बराबरीमा रोेकिँदा, वेष्ट ब्रोम विरुद्ध हर्डशेफर्ड, न्युक्यासलविरुद्ध वर्नमाउथ, साउथ ह्याम्टन विरुद्ध बन्लीले जीत हासिल गरेका छन्। त्यस्तै स्वान्सीविरुद्ध व्राइटन विजयी भएकाे छन्।
प्रत्येक वीकइन्डमा हुने खेलमा अाइतबार राति पाैने ६ बजे टोटनह्याम र क्रिष्टल प्यालेस खेल्दै छन्। त्यसैगरी, बेलुकी ८ बजे म्यानचेस्टर सिटी र आर्सनल आमने-सामने हुँदा राति सवा १० बजे चेल्सीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। साथै सोही समयमा हुने अर्को खेलमा एभरटर्नले घरेलु मैदानमा वाटफोर्डलार्इ प्रतिष्पर्धाकाे निम्ताे दिँदै छ।