काठमाडौँ बैशाख ,२१ नेत्रबिक्रम चन्द बिप्लब निकट रहेको अखिल क्रान्तिकारीको आन्दोलनमा सरकारले दमन गरेको बताइएकाे छ ।प्रहरी द्ारा गिरफतार आफना नेता प्रकाश अधिकारीको रिहाइको माग गर्दै भएको उक्त आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे क्रान्तिकारीका उपत्यका बिशेष संयोजक लाेकेश बिश्वकर्मा जानकारी दिएका छन ।
बिहान ११ बजे भएको शान्तिपुर्ण अानदाेलनमा प्रहरी प्रशासणले हस्तक्षेप गरेकाे छ । जिल्ला शिक्षा घेराउ कार्यक्रममा केही बिद्यार्थी नेताहरुलाइ समेत गिरफतार गरेको बताइएको छ । गिरफतार हुने हरुमा केन्द्रिय सदस्य कलम बडुवाल,काठमाडौ जिल्ला सदश्य महेन्द्र तामाङ ,सुमन अधिकारी ,रोजिना चौलागाईं र क्याम्पस जिल्ला सदस्य उषा किरण रहेकाे संयोजक लोकेश विश्वकर्माले जानकारी दिए ।
गिरफ्तार सम्पुर्ण साथिहरुको यथा शिघ्र रिहाइको माग गरेका गदर्छाैँ । उनले भने अन्यथा परिस्थिति थप जटीलता तिर जाने छ त्यसकाे परीणाम सरकारले भाेग्नु पर्नेछ। अधिकारी लाइ केही अगाडी काठमाडौँ का जिल्ला शिक्षा अधिकारी शंकर गाैतमलाइ कालोमोसो दलेको आरोपमा प्रहरीले गिरफतार गरेको थियो । भने उनि जेल भित्रै अामरण अनशनमा समेत बसेका छन ।।यता क्रन्तिकारीले २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडी बिद्यार्थी प्रदर्शन गर्ने जानाइएको छ भने वैशाख २२ गते जी. शी. का. कर्मचारीलाई कार्यालय प्रबेशमा रोक लगाउने तथा २३ र २४ गते सैक्षिक सस्था प्रशासनमा तालाबन्दी गर्ने तथा २५ गतेदेखि सैक्षिक सस्थामा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ ।