भिम बहादुर रोकाया (मुस्कान)
बिदेशीयका एक पुर्व छापामार कमाण्डरकाे आत्म कथा
यी जीवन भोगाइ का तिता अनुभव हरुका बिचमा पनि हामी समग्र माअोबादि अान्दोलन कै पक्षमा एकीकृत छौ ,खासमा भन्ने हो भने अाज हाम्रो बलिदान मा अमुख हरु ले महल खडा गरेका छन ,अासेपासे पोसिएका छन ,सम्माननिय र महामहिम बनेका छन तर हाम्रो बलिदान माथि सबैप्रकार का माअोबादिहरु ले ब्यक्तिगत खेति गरिरहेका छन ।
झोला बोकेर हिड्ने बेला अामा रूदै भन्दै हुनुहुन्थ्यो बाबू बिदेश नजाउ तिमी घाइते छौं काम गर्न सक्दैनौं बरू यतै केही गरेर लाला बाला पाल ! चारै तिर हेर कुनै जिउने उत्तम उपाए देखिन अनि अामा म जान्छु बिदा दिनुस अामा अाँशु पुछ्दै तिमी जानेनै भए म के भनौं त तर पुग्ने बित्तिकै फोन गर्नु है भन्नू भयो अामा बाट बिदा मागेर हिड्ने तयारी मा थिय ठुलो छोरी स्कुल गएकि थिइन् सानो छरी एक बर्श को थिइन ।
अामा भन्दा पनि मलाई धेरै माया गर्थिन खै किन हो किन म हिड्ने थाहा पाए जस्तो गरेर अामा काख छोडेर मेरो काखमा अाइन मेरो हिड्ने बेला भैसकेको थियोे तर छोरी ले छाडन मानिनन जबर्जस्ती अामाले काख बाट लिइन छोरी रून थालिन् हिड्ने बेला झनै मन फाटेर अायो बल्लतल्ल अाँखामा पिलपिल गर्ने अाँशु रोके अनि सुरू गरे मेरो यात्रा सुरु काठमाडौं मा बसेर दिन भर नेताहरू चाकडी गर्ने रातभरि बार र डिस्को हरूमा हुस्की को नशामा लिप्त भएर चुरोट को धुवा उडाने कार्यकर्ता को अगाडि बिदेशी को गुलामी भएपनि पाखुरी बजाएर लालाबाला पाल्दै क्रान्ति को झन्डा उचाल्दै जिबन जिउनछ अठोट गरेको हु ।
मैले जहिले पनि च्यप्लुसी चाकडी को बिरोध गरे तर म अराजक भए एउटा रगतको इतिहास कोरेर अाएको छु जुन चाहेर पनि कसैले मेटाउन सक्दैन गाम लिस्ने खारा अर्घाखाँची जुम्ला बेनी रम्बापुर पलि दर्जनौं लडाइँ का मोर्चा हरूमा अाफ्नो टिमलाई लडाएर अाएको हु कमान्डो हरूमा सिधै एल एम जि खोसेर इतिहास रचेको हु हातमा गोली लागेर छियाँछियाँ हुदा समेत अाफ्नो एके ४७ सहित कब्जा गरेको राइफल सहित बहिर निस्केको इतिहास रचेको हु घाइते अबस्थामा तत्कालीन शाही सेनाको काल कोठरी मा चौध दिन सम्म खाल्डो मा रहदा भनेको बेला पानी पिउन समेत दिएनन् झोलामा भएको अौषधी पनि खान दिएनन् पापी हरूले घाउ पाकेर पिप बक्दा समेत उपचार नपाएर खाल्डो मा सडनु पर्ने अबस्थामा पनि माअोबाद को नारा घन्काइ राखे यस्तो अबस्थामा पनि नझुकेर एउटा क्रान्तिकारी सिपाही को फलामे अनुशासन रहे बरू गोली खान तयार तर म झुक्दैन भनेर संघर्ष गरियो ।
शान्ति कालमा रिहाइ भएर उपचार पछि अाफ्नो टिम समाले शान्ति प्रकृया सेना समायोजन मा सबै भन्दा पिडा दायिक क्षन रहयो जित जस्ता बहादुर हजारौं नेपाली अामाका छोराछोरी को रगतबाट साटिएका हतियार हाम्रो हातबाट खोसिदा साह्रै मन रोयो अब फेरि नेपाली सेनामा रहेर देशको सेवा गर्छु भनेर नेपाली सेना बन्ने सपना देखे तर मेरो सपना छिन भरमा चकनाचुर भए म नेपाली सेनाको अदिकृत हुने क्षमता दक्षता सबै हिसाब ले योग्यो भएनि हातमा गोली लागेको कारण नेपाली सेनामा काम गर्न नसक्ने भनियो अन्ततः म पुर्न रूपले सिभिलियन भिख दिएको ६ लाख रूपैयाँ लिएर अाए घाइते हात उपचार गर्दै भिख दिएको ६ पनि सकियो ।
अनि उपचार गर्ने पैसा नभएर म अहिले बिदेशी को गुलामी गर्दै बिदेशी भुमिमा रहेको साथीहरू लाई एकता गर्दै निहित स्वार्थमा रहेका हिजो अान्दोलन को बेलामा दुलो भित्र छिरेका कायर नमर्द हरूलाई ठाउँमा लिन उहीँ पार्टी मा रहेर संघर्ष एकता रूपान्तरण को पाटोलाई अात्म साथ गर्दै अगाडि बढिने छ पार्टी भित्र चरम रूपले मौलाउदै गएको नब सामन्तवाद भिषण संघर्ष गर्न गरिने छ बाह्र घन्टा काम गरेर पनि क्रान्ति को झन्डा उचाल्ने छु म कसैको गोठाला बनिदैन बरू भिषण संघर्ष गरेरनि छ ।
यी जीवन भोगाइ का तिता अनुभव हरुका बिचमा पनि हामी समग्र माअोबादि अान्दोलन कै पक्षमा एकीकृत छौ ,खासमा भन्ने हो भने अाज हाम्रो बलिदान मा अमुख हरु ले महल खडा गरेका छन ,अासेपासे पोसिएका छन ,सम्माननिय र महामहिम बनेका छन तर हाम्रो बलिदान माथि सबैप्रकार का माअोबादिहरु ले ब्यक्तिगत खेति गरिरहेका छन ।
,माअोबादि ,परिवर्तन कारि अान्दोलन माथि महान सहिद ,घाईते ,अपाङ्ग ,भुमिगत कार्यकर्ता र सुभचिन्तक तमाम जनमानस मा गलत लाईन प्रसारण हुदैछ ,यसको समीक्षा हुन जरुरि छ ।।फुटाउ र राज गर ,कमाउ र मोज गर प्रतिक्रियावादी हरुको षड्यन्त्रमा हामी भस्दै छौ ,किन कि हामी हाम्रो बर्गबाट बिचलित हुदैछौ ।

हरेक प्रकार का असन्तुष्टि र असमझदारिका बिच बाट यदि माअोबादि अान्दोलन लाई जोगाउने हो भने श्रदय अध्यक्ष कमरेडले तत्काल पहल लिन जरुरि छ अझै पनि म जस्तैः लाखौंलाख कार्यकर्ता र जनसमुदाय ले प्रचण्ड माथि ठूलो अाशा राखेका छन कि, राष्ट्रिय राजनिती को कुसल नेर्तित्व र कार्यकर्ता को उचित मुल्यांकन सहित ब्यबस्थापन हुनेछ ।। अन्तमा परिवर्तन को महान लडाइ मा रगत बगाउन पाउदाको अानन्द अाज महसुस गर्दैछु ,ताकि देश अाज हाम्रो बलिदान ले प्राप्त उपलब्धिमा संरचनागत चलायमान छ ,हामी अझै पनि सिङ्गो राष्ट्र ,राष्ट्रियता जनतन्त्र र जनजिबिका को सवाल मा एमाअोबादि र अध्यक्ष प्रचण्डले यथेष्ट भुमिका खेलुन ,तमाम बाह्य र अान्तरिक समस्या ब्यबस्थापन मा ध्यान जाअोस् र सिङ्गै माअोबादि अान्दोलन एकीकृत गर्ने नेर्तित्व प्राप्त होस् लोकतन्त्र दिवस को सुभकामना ।।
जाजरकोट हाल मलेसिया पुर्ब जनमुक्ति सेना नेपाल बटालियन सह कमाण्डर नेपाली जनप्रगतिशिल मंच सल्लाहकार ।।