थारु लोक महाकाव्य बर्किमार बर्दियाको बाँसगढीमा सोमबार बिमोचन गरिएको छ ।
थारु जातीको संस्कृति र ईतिहास झल्कने थारु लोक महाकाव्य बर्किमारको राष्ट्रिय थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद थारुले बिमोचन गर्नुभएको छ । प्राचिन सृजनशिल आदिवासी समाज र रेडियो गुर्बाबा एफ.एम बाँसगढी बर्दियाले पुस्तक प्रकाशन गरेको हो ।
थारु समुदायले गाउने गीत, गुरुवाहरुबाट सुनेको आधार र बिभिन्न सन्दर्भको आधारमा पुस्तकको संकलन, लेखन र सम्पादन रेडियो गुर्बाबा एफ.एमका कार्यकारी निर्देशक एकराज चौधरीले गर्नुभएको थियो ।
बिमोचन गरिएको पुस्तकको डाक्टर जर्नादन आचार्य र अधिबक्ता सन्तराम धरकटुवाले परिचर्चा गर्नुभएको थियो । १ सय ८४ पृष्ठको पुस्तकले थारु समुदायको कला संस्कृति र ईतिहास झल्काएको र बिद्यावारिधी गर्नेहरुका लागि पनि उपयोगि हुने लेखक एकराज चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, थारु लोक महाकाव्य बर्किमार थारु अगुवा, बरघर, साहित्यकार र बिभिन्न बिद्धान व्यक्तित्वहरुको सहयोगले प्रकाशन गरिएको हो ।
प्राचिन सृजनशिल आदिवासी समाज बर्दियाका अध्यक्ष सर्जने कामीको अध्यक्षतामा भएको कार्यक्रममा थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद थारु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दिया जिल्ला अध्यक्ष भवन कुमार थारु, साहित्यकार सोम डेमनडौरा, बाँसगढी नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष रजमान चौधरी, नगर स्तरिय बरघर सञ्जाल बाँसगढीका अध्यक्ष जोगिराम थारु र बारबर्दियाका अध्यक्ष रामसोहन थारु, बरघर, थारु अगुवा, बुद्धिजिबी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
-रावन विश्वकर्माको सहयोगमा…