नेपाली कांग्रेसका नेता प्रदीप गिरी २०५१ सालको मध्यावधि निर्वाचनमा जितेपछि एकाएक चर्चामा आउनुभयो । बौद्धिक व्यक्तित्व तथा प्रजातन्त्रका निम्ति लडेका र पुस्तौनी इतिहास भएका गिरि आफ्ना विजयलाई इगिंत गर्दै भन्नुभएको थियो – “मेरो मतभन्दा विपक्षीको मत धेरै छ । एमालेका उम्मेदवार धर्मनाथ प्रसाद साह र अन्य उम्मेदवारको मत जोडियो भने म पराजित हुन्छ । जसबाट के बुझिन्छ भने वास्तवमा हाम्रो जित भएको छैन, यो मेरो प्राविधिक जित हो । यसमा धेरै घमण्ड गर्ने कुरा आउँदैन ।”
उहाँको यस भनाइबाट विपक्षीहरू पनि खुशी भएका थिए । उनीहरूमा रहेको पराजित मानसिकता समाप्त भएर गयो । यो नै एउटा प्रजातान्त्रिक नेताको एउटा वडो ठूलो गुण हो । सत्यको धरातलमा रहेर आफनो अभिमत प्रकट गर्ने गिरिको झन उचाइ बढेर गयो । खसेको कूल मतको जमानत पनि बचाउन नसक्ने सांसदहरूका निम्ति ठूलो झापड़ नै भयो । झिनो मतले निर्वाचित भएकाहरूमा घमण्डको तापमान घटेर गयो ।
२०५१ सालमा एमालेको अल्पमतको सरकार बनेपछि सर्वत्र एमालेकरण हुन थाल्यो । त्यसैवेला गिरिले सिरहाको चन्द्र मा. वि. मा आयोजित आमसभालाई संवोधन गर्दै भन्नुभएको थियो । “मनमोहन अधिकारी शिखण्डी हुन् । पुड्के माधव कुमार नेपाल भ्रष्टाचारी हुन् ।” उहाँका सो भनाई त्यतिबेला निकै नै चर्चित भएको थियो । आफना विपक्षीको हृदयमा पनि खुशी संचार गर्न सक्ने खुबी भएका नेता हुन् गिरि ।
२०५६ को आमचुनावमा गिरी पराजित हुनुभो । जसमा नेपाली कांग्रेसकै प्रत्यक्ष अन्तरघात नै पराजयको कारण भयो । भावी प्रधानमंत्रीका उम्मेदवार भएका कृष्णप्रसाद भट्टराई उहाँको निर्वाचन क्षेत्रमा गएर आगामी गठन हुने सरकारमा गृहमंत्री बनाउने घोषणा नै गरेका थिए । तर तात्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला भट्टराई खेमाका सम्पूर्ण उम्मेदवार हराउन ठुलै षड्यन्त्र नै गरेका थिए ।
जसका कारण धनुषाका काँग्रेस उम्मेदवार विमलेन्द्र निधि पनि पराजित भएका थिए । तर गिरिले आफनो पराजयले मंत्री बन्नबाट रोकेकोमा खुशी नै प्रकट गरेका थिए । म मंत्री बन्न चाहन्न । मेरो हारले मेरो इच्छा पूरा गरिदियो । गिरिको सो भनाइबाट सधै मंत्री बन्न लालायित हुनेहरू मmसंग भए । उहाँ भने धन्यवादका पात्र भइदिनुभो ।
२०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन हुँदै थियो । त्यसैक्रममा गिरिले जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित देउवा खेमाको आमसभालाई संवोधन गर्दै भन्नु भएको थियो–“जिल्ला सभापति भएपछि केन्द्रीय सदस्य बन्न मन लाग्छ, केन्दीय सदस्य भएपछि महामंत्री बन्न मनलाग्छ, महामंत्री भएपछि पार्र्टी सभापति बन्न मन लाग्छ र सभापति भएपछि सभापति र प्रधानमंत्री दुबै बन्न मनलाग्छ ”।
यो उहाँको गिरिजा प्रसाद कोइरालातिरको ठुलो व्याङ्गय नै थियो । वास्तवमा गिरिजाप्रसाद कोइराला सधै आफु नै पार्टी सभापति र प्रधानमंत्री बन्न खोजे । जसबाट देश, जनता र पार्टीलाई ठुलो नोक्सानी नै भयो । गिरिको यस भनाइबाट कोइराला पक्षधर मर्माहत नै भएका थिए ।
२०६३ को माघमा मधेश आन्दोलन भयो । मधेश विद्रोहका नायक उपेन्द्र यादव एकाएक राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा परिचित नाम हुन गयो । उपेन्द्र यादव भारतमा जादाँ प्रदीप गिरिले उहाँलाई भारतीय नेताहरूलाई भेटघाट गराउन र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन ठुलो भूमिका नै खेल्नु भएको थियो ।
एकातिर नेपाली काँग्रेसको सरकारले मधेश आन्दोलन दबाउन लागेका थिए भने अर्कोतिर त्यसै पार्टीका एउटा केन्द्रीय सदस्य मधेशी आन्दोलनका नेतृत्वकर्तालाई प्रत्यक्ष सहयोग गर्नु कम चुनौतीपूर्ण काम थिएन । तर गिरिले सो चुनौतिलाई साहसपूर्वक झेलेर देश र दुनियाँलाई देखाइदिए ।
जसबाट उहाँप्रति मधेशको जनतामा अति नै श्रद्धा बढेर गयो । मधेशमा जन्मेर मधेशकै निम्ति केही गर्न सक्नु उहाँको इच्छा केही हदसम्म जरूर पूरा भयो । तात्कालिन मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरूले प्रदीप गिरि फोरम पार्टीमा आउने भविष्यवाणी समेत गरेका थिए । धेरै काँग्रेसी नेताहरू फोरममा आए पनि, तर गिरि पार्टी परिवर्तन नगरेर मधेशी जनताको पक्षमा उभिरहे ।
मधेशीको आवाज कसैले नदबाउन भनेर मधेशीलाई सधै सचेत गरिरहे । २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । जतिबेला मधेश आन्दोलनको रापतापले जलिरहेका थिए । विश्वको सर्वोत्कृष्ट संविधानको दावा गर्नेहरू १५ दिनमै संविधान संशोधन गरे । जसले सर्वोत्कृष्ट संविधानको पोल नै खोलिदियो । पार्टी हीप मानेर मधेशबाट निर्वाचित भएकाहरू लुरूलुरू हस्ताक्षर गरे । आफना जनताको पनि बेवास्ता गरे ।
एउटा सामान्य जनप्रतिनिधिको कर्तव्य समेत निभाउन सकेनन् । तर त्यसै नेपाली काँग्रेसका पार्टीका सांसद प्रदीप गिरिले हस्ताक्षर नगरेर एउटा अदम्य साहसको प्रदर्शन गरे । एकतिर पार्टीको हीप र अर्कोतिर मधेश आन्दोलन भइरहँदा उहाँले जनताको पक्षमा निर्णय लिए । आफना सम्पूर्ण जीवन लगाएका पार्टीको हीप उल्लङ्कन गर्नुलाई कम आंकन सकिदैन । जसका कारण उहाँको सद्भाव सधै प्रशंनीय रहनेछ ।
मधेशमा उहाँको लोकप्रियता झन उचाइमा पुगेको छ । मधेशकै पक्षमा संविधान बनाउने चुनावताका प्रतिबद्धता जनाएकाहरू मधेशीकै लासमाथि संविधान जारी गरे । मधेशमा शहीदको लास जलिरहेका वेला र घाइतेहरू अस्पतालको शैयामा व्रmन्दन गरिरहेका बेला उनीहरू राजधानीमा दीपावली गरे । दीपावलीको अनर्थ केवल प्रदीप गिरिले बुझे ।
जनतामारा संविधानमा हस्ताक्षर नगरेर मधेशी, जनजाति, आदिवासी र मुस्लिम वर्गको असल हितैपी भए । आफनो दूरदर्शिताको प्रदर्शन गरे । जनताभन्दा ठूलो पार्टी हुनै नसक्ने कुराको प्रमाणित गरेर देखाइदिए । अहिले नेपाली काँग्रेस संविधान संशोधनका अलाप अलापिरहेका छन् । आखिर पार्टी प्रदीप गिरिकै लाइनमा आउन बाध्य भए ।
२०७४ मंसिर २१ मा आमचुनाव सम्पन्न भयो । प्रदीप गिरि नेपाली काँग्रेसको तर्फबाट सिरहा जिल्लाबाट संघीय संसद सदस्यमा विजयी भए। उहाँलाई पार्टी व्हीप उल्लङ्घन गरेकोले कारबाही भएन । सजिलै पार्टीको टिकट पनि पाए । मधेशबाटै निर्वाचित पनि भएन ।
तर मधेशी जनताको आवाजभन्दा पार्टी ब्हीप ठुलो मानेर मधेश विरोधी संविधानमा हस्ताक्षर गर्नेहरू टिकट पाएर पनि आफनो जमानतसम्म पनि बचाउन सकेन, कतिले त टिकट पनि पाएन, कति नेता त डरले चुनाव लडन पनि अस्वीकार गरे । मधेशी मानेर पार्टीले मधेशमा उम्मेदवार भएकाहरू मधेशमै नराम्ररी नै पराजयको दुःखद पीडा भोगे ।
जनताविरूद्ध हस्ताक्षर गर्नेहरू नाङ्गोधार सावित भए । यसरी गिरिबाट उनकै नेता कार्यकर्ताहरू पनि धेरै कुरा सिक्न सक्छन् । उनको चतुयाइ र अडान नबुझनेहरू अहिले पश्चाताप गरिरहेका छन् होला । तर उहाँको लोकप्रियता झन झन बढ्दै गइरहेका छन् मधेशमा ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रोस पार्टीले धेरै दुःख गरेका छन् । जसका कारण नेपाली जनता काँग्रेसलाई नै पटक पटक सरकार बनाउने जनादेश दिए । तर काँग्रेस नेतृत्व सधै जनताको भावनामाथि कुठाराघात गरे । पटक पटक अर्थमंत्रीको जिम्मेवारी पाएका डा. रामशरण महत कहिल्यै पनि जनप्रिय बजेट ल्याउन सकेनन् । खास गरेर त तल्लो स्तरका कर्मचारीहरू ज्यादै नै पिडित भए ।
कारण सबै कर्मचारीको तलव बढाउदा प्रतिशतमा एकरूपता कायम गर्दा तल्लो स्तरका कर्मचारीको तलब कम बढ्ने र महँगी बराबर नै भएकाले उनीहरू पीडित भएका हुन । जसको विरोध संसद प्रदीप गिरिले खुलेआम भनेका थिए कि–“कांग्रेसले जनतालाई केही दिन सकेन भने जनताले किन कांग्रेसलाई मत दिन्छ ।” उहाँ जस्तो निर्भिकता भएको नेता भेटन कठिन छ काँग्रेसमा ।
नेपाली काँग्रेस पार्टी सता र भताले नै जर्जर बनेका पार्टी हुन । काँग्रेसका निम्ति सता बाँदरको हातमा नरिवल जस्तै सावित भयो । नेपाली काँग्रेस अब मुदाविहिन पार्टी जस्तै भएका छन् । प्रदीप गिरिजस्तै केही इमान्दार नेताका कारण नै काँग्रेस पार्टीको केही अस्तित्व बाँकी रहेका छन् ।
वी.पी.को प्रजातान्त्रिक समाजवादको पूर्नमुल्याङ्कन हुने अवस्था आइसकेको छ । संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको खोल ओढेर काँग्रेस अगाडि बढन सकदैन । प्रदीप गिरि जस्ता सिद्धान्तनिष्ठ नेताको नेतृत्वमा काँग्रेस पुर्नसंगठित हुनु आवश्यक छ । जनताको भावना बुझने नेता सबैको प्यारो हुन्छ ।
नेपाली काँग्रेसको वर्तमान नेतृत्वबाट केही आशा गर्नु बेकार नै हुन्छ ।
शेरबहादुर देउवा पार्टीको दोस्रो दर्जा ९क्भअयलम ऋबिकक० का लायक नेता मात्र हुन । देउवा सधै गिरिजाप्रसादको नक्कल गरिरहे, तर देश, काल र परिस्थिति बुभ्mन सकेन् । गिरिजा प्रसाद कोइराला २०५१ मा मध्यावधि निर्वाचन घोषण गराएर निर्वाचन सम्पन्न पनि गरे । तर देउवा २०५८ सालमा मध्यवाधि घोषणा गरेर उल्लु सावित भए । कारण देशको परिस्थित २०५१ को जस्तो २०५८ मा थिएन ।
माओवादी जनयुद्ध उत्कर्षमा थियो । भरखरै दरबार हत्याकाण्ड भएको थियो । त्यसको विचार नगरिकनै देउवा मध्यावधि निर्वाचन घोषणा गरेका थिए । प्रदीप गिरि देउवा खेमाकै आमसभालाई संवोधन गर्दै देउवाप्रति पनि व्यग्य प्रहार गर्थे ।
देउवा सरकारले तपाईलाई केही दिइको छैन भने कि मत दिने देउवालाई भनेर भन्नुहुन्थेया । जनकपुरकै आमसभामा खुमबहादुर खडका र विजय कुमार गच्छदार देउवा खेमाको आमसभामा पुगे र देउवालाई समर्थन जनाउदा गिरिले खडका र गच्छदारलाई गिरिजाप्रसादको हनुमान र अंगदको संज्ञा दिनुभएको थियो । जुन कुरा अधिवेशनभरि चर्चामा रह्यो ।
नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भए पनि उनमा आन्तरिक प्रजातन्त्रको सधै अभाव रह्यो । आन्तरिकरूपमा प्रजातान्त्रिक अभ्यास नगरेर काँग्रेस दुनियाँलाई प्रजातन्त्रको शिक्षा दिइरहयो । प्रदीप गिरि जस्ता नेताहरूले पार्टीको आन्तरिक प्रजातान्त्रिक अभ्यासमा नै जोड दिइरहे । जसका कारण उहाँ पटक पटक अन्तरघातका शिकार हुनपुगे ।
काँग्रेसले कहिल्यै पनि आन्तरिक शुद्धीकरण अभियान चलाएन, सता र भता पाएर केही नेता कार्यकर्ताहरूले पार्टीलाई हुनसम्म बदनाम गराए । तर उनीहरू सधै गिरिजा लवि र देउवा लवीका नाममा बाँचिरहे जसको उदाहरणको रूपमा खुमबहादुर खडका, गोविन्दराज जोशी र चिरंजीवी वाग्लेलाई लिन सकिन्छ । खडका, जोशी र वाग्लेलाई सर्वोच्च अदालतले भ्रष्टाचारी प्रमाणित गरेर जेलको सजाय पनि कटाए ।
तर उनीहरूलाई नेपाली काँग्रेस पार्टीको साधारण सदस्यताबाट खारेज गरिएनन् । जसका कारण पार्टी भष्टाचारीहरूको पार्टीमा परिणत भइदिदा पनि काँग्रेस नेतृत्वको कानमा बतास पुगेन । पार्टीमा आन्तरिक प्रजातान्त्रिक अभ्यास र प्रजातन्त्रको सुदृढीकरणमा प्रदीप गिरि एक्लो वृहस्पति भए । उनलाई साथ दिनेहरू पनि सिद्धान्तको मामिलामा कमजोर सावित भए ।
एकमात्र प्रदीप गिरि नेपाली काँग्रेस भित्र र बाहिर सिद्धान्तनिष्ठ नेताको रूपमा आफना परिचय बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उदयमान नेताको रूपमा रहेका छन् । देश र जनता उहाँमाथि ठुलो भरोसा लिएर बसेका छन् । जो सार्थक होस् भन्ने कामना गर्दछु ।
-(मधेश दर्पण फिचर सेवा)