कबिता ——–
हाे म थाकेको यात्री हु
बमबारुदको झोला बिसाएर आएको छु।
फेरि बलिदानको आवश्यक पर्छभने।
नालापानी र कालापानीमा लड्न चाहेको छु।।
लिपुलेख हुँदै उपल्लो कर्णाली अनि।
कोसि सम्झौतालाई खारेज गर्न चाहेको छु।।
गौतमबुद्ध आर्जेको मुलुकमा ।
सगरमाथा हासिरहेको हेर्न चाहेको छु।।
गणतन्त्रको बिगुल फुक्नेहरुलाइ।२
चिल्ला महलमा देख्ना पायको छु।।
सिरको फुटबल र रगतको होलि खेल्ने ।
प्रचण्डपथलाइ नियालेर हेर्ना चाहेको छु।।
मलाई युद्धको कथा नसुनाउ।
हजारौं चिताहरु जलायर आएको छु।।
म हारेर होइन कुनै ।२
ब्यक्तिबादबाट भागेर आएको छु।
खिया लागिसकेका ती ।
मेसिनगणहरु थन्क्याएर आएको छु।।
तर म कायर भएर होइन ।
कायापल्ट भएर आएको छु।
दशबर्से जनयुद्धले ग्रस्त भएका युवाहरुको लाम।
खाडीमुलुकमा देख्ना पायको छु।
गणतन्त्रको नाउँमा राज्तन्त्रको चलखेल गर्ने ।
बिराजमान लाई देख्ना चाहेको छु।।
टुटफुट र पक्षपातको नेपाली राजनीतिलाई।
जरैदेखि निलम्बित भएको देख्ना चाहेको छु।।३
प्रेम जंग शाह
ढिमे १ जाजरकोट हाल मलेशिया