जाजरकोट ,२२ चैत्र ,जाजरकोट नेकपा एमाले निकट भातृसंघठन युवासंघमा विबाद चुलीएको छ । एमालेको भातृसंगठनको बैठकमा नेतृत्व चयनको बिषयलाई लिएर बिवाद चुलीएको एक स्रोतले बताएको छ ।
पार्टीको मेरुदण्डको रुपमा रहेको उक्त संगठनमा नेतृत्वकै बिषयलाई लिएर जिल्लाका नेताहरु बिच मत बाजीएपछि बिबाद खुलम खुला भएको हो । अध्यक्ष केपी ओली पक्ष र माधब नेपाल पक्ष बिच बिबाद चुलीएको हो ।
केपी ओली पक्षधर युवासंघका केन्द्रीय सदस्य तथा जाजरकोटका इन्र्चाज राजन थापाको आतिथ्यमा बसेको उक्त बैठकमा माधब नेपाल पक्षका नेता तथा कार्यकताहरुले राप्रपाबाट पाटी प्रबेश गरेकाहरुलाई नेतृत्व दिने भन्ने बिषय अगाडी सार्दा बिबाद चुलीएको युवासंघका जिल्ला नेता मान बहादुर शाहीले बताएका छन ।
जिल्ला सम्मेलन सम्मा सबैलाइ मिलाएर लैजाने र सम्मेलनबाट नेतृत्व चयन गरीने प्राबधान हुदा हुदै पनि िबधान ताेडना खाेजेकाे बताेछन युवा नेता राजन थापा उनि भनछन अनाबश्यक रुपमा बिबाद चर्काउन खोजेको र त्यसले संगठनलाइ कुनै असर नगर्ने समेत बताउछन । तर माधब पक्षका जिल्लाका नेताहरु भने संगठनमा जर्बरजस्ती गरेको र मिलाउनु पर्ने प्राबिधिक कुराहरुलाइ समेत नमिलाएर जवर्जस्ति गरेकाे अाराेप लगाँउछन ।