काठमाडौँ, २६ माघ – बंगलादेशमा चलिरहेकोले विकेट गुमाएर २ सय ५८ रन बनाएको हो।
पाकिस्तानका हसन महसुनले १ सय ६ बलमा १ सय १७ र सेफ बेदरले १ सय १८ बलमा ८८ रन बनाए । नेपालका सन्दिप लामिछानेले तीन, आरिफ शेखले दुई र सुशील कँडेलले एक विकेट लिए । तीन रन जोड्दा दुई र ३० रन जोड्दा तीन विकेट लिएर पाकिस्तानलाई सुरुवाती दबाब दिएपनि चौथो विकेटका लागि महसुन र बेदरले एक सय ८९ रनको साझेदारी गरेका थिए।
जवाफि ब्याटिङ गरेको नेपालले ४३ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो ।
नेपालका आठ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रेम तामाङले नट आउट रहँदै ६५ रन बनाए । यस्तै नेपाली टिमका कप्तान राजु रिजाले ३४ बलमा १५ रन बनाए । पाकिस्तानका हसन मोहसिनले चार विकेट लिए । यस्तै इर्फान लियाकत र शैफ अलिले दुई दुई साथै सलमान फैयाजले एक विकेट लिए ।
पाकिस्तानले बुधबार हुने नामिबिया र इंग्ल्याण्डबिचको प्लेअफ सेमिफाइनलको विजेतासँग पाँचौं स्थानका लागि खेल्ने छ । नेपालले हार्ने टिमसँग सातौं स्थानका लागि खेल्ने छ