२५,माघ । विप्लव नेतृत्वमा रहेको माओबादीको बाँके जिल्ला कमिटिमा जग्गा विवाद हुदा जिल्ला स्तरीय नेता सन्तोष बस्नेत र मान बहादुर रोकाय ‘शक्ति ‘लाई पार्टीबाट निष्काशित गरिएको छ । विप्लव माओबादी भेरी -कर्णाली ब्युरो र बाँके जिल्ला कमिटिले सयुक्त रुपमा बिज्ञप्ति जारि गरि पार्टीको नाम बेच्दै भ्रष्टाचार गरेको भन्दै बस्नेत र रोकायलाई पार्टीबाट निष्काशित गरेको जनाएको छ ।
बाबुराम भट्टराई सरकारका बेला सुकुम्बासी आयोग बाँकेका अध्यक्ष समेत रहेका सन्तोष बस्नेतले पार्टीको नाम लिदै जग्गा कब्जा गरि बाँके भूमिसुधार प्रमुखसंग मिलोमतो गरि कब्जा गरिएको जग्गा व्यक्तिगत र आफन्तको नाममा दर्ता गरेको खुलाशा भएपछी बिबाद बढेको हो । सुकुम्बासी आयोगको अध्यक्ष हुदा नक्कली लालपुर्जा बाड्ने काममा संग्लग्न भएको भन्दै उनि बिरुद्द अख्तियारमा मुद्दा चलिरहेको छ ।
निष्काशित गरिएका मान बहादुर रोकाय विप्लप माओबादीकै पुर्ब बाँके सेक्रेटरी हुन् भने उनिमाथि पार्टीको नाम दिदै व्यवशायीहरुलाई धम्कि दिएर अबैध रुपमा चन्दा संकलन गरको र भूमाफिया हरुसंग साठगाठ रहेको आरोप छ ।
उता बस्नेत र रोकायले फेसबुक मार्फत विप्लव माओबादीका भेरी -कर्णाली इन्चार्ज भरत बमसंग गरिएको व्यक्तिगत कुराकानी सार्बजनिक गर्दै उनि पनि जग्गा विवादमा संलग्न भएको आशय दिने च्याट सार्बजनिक गरेका छन् । यद्यपि उक्त च्याट कुन प्रसंगमा गरिएको थियो त्यो खुलाइएको छैन ।
के भन्छन भरत बम ?
आफु र सन्तोष बस्नेतबिच भएको कुराकानी बाँके गनापुरको जग्गाका बिषयमा भएको र त्यो नितान्त व्यक्तिगत किनबेच भएको भरत बम बताउछन । पार्टीबाट निष्काशित भएपछी आफुलाई समेत बद्नाम गराउन बस्नेत र रोकाय लागिपरेको बताए ।त्यस्तै बस्नेत र रोकायलाई पार्टीले पहिले देखिनै छानबिन गरि भ्रष्टाचारमा मुछिएको पाइएपछी निष्काशित गरिएको बताए ।
के भन्छन बस्नेत र रोकाय ?
भेरी कर्णाली विषेश ब्युरो इन्चार्ज भन्दै मान बहादुर रोकायले एक बिज्ञप्ति जारि गरि बाँके सचिबालय सदस्य सन्तोष बस्नेतलाई पार्टी नीति बिपरित एकल निर्णय गरि निष्काशित गरिएको भनेका छन् ।
त्यस्तै सोमबार सन्तोष बस्नेत ,विष्णु देबकोटा ,निलम आरसी ,सुमन आचार्य लगाएतका जिल्ला स्तरीय नेताले एक बिज्ञप्ति जारि गर्दै आफुहरु विप्लव माओबादी परित्याग गरेको घोषणा गरेका छन् ।
गलत प्रचार गरियो :
सन्तोष बस्नेत लगाएतले जारि गरेको बिज्ञप्तिमा जिल्ला सदस्यनै नभएको ब्यक्तिलाई डिसिएम भनि पार्टी परित्याग गरेको भन्ने गलत प्रचार गरिएको र आफुले पार्टी परित्याग नगरेको भन्दै दिर्घ बहादुर नेपालि र बिष्णु जिसीले बिज्ञप्ति निकालेका छन् ।
साभार -कान्तिपथ डटकम !