झन्डै दुई वर्षदेखि भूमिगत शैलीमा बस्दैआएका दाङका डन मानिने विकास पुनले आफ्ना सहयोगीसहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। शुक्रवार विहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर पुनले आत्मसर्मपन गरेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए।
bikash pun
पुन २०७० चैत पाँचदेखि लुकिछिपी बस्दैआएका थिए। दाङ घोराही निवासी पदम चन्दलाई गोली हानी घाइते बनाएको अभियोगमा प्रहरीले उनीसहित चारजनालाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेको थियो।
चारमध्ये अमर रोकाले यसअघि नै प्रहरीसमक्ष आत्मसर्पन गरिसकेका छन्।
शुक्रवार विकास र त्रिशक्ति पुनले जिल्ला प्रहरी कार्यालय दाङमा पुगी आत्मसमर्पण गरेपछि अब चारमध्ये अभियोग खेपेका गणेश पुन मात्रै फरार रहेको पनि एसपी कडायतले सेतोपाटीलाई बताए। जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक वद्री ढकालले विकास र उनका साथी त्रिशक्तिलाई शुक्रबार नै अदालतमा पेश गरिएको जानकारी दिए।
अभियोगबारे सरकार वादी बनेर अभियोग खेपेकाहरु उनीहरु विरुद्ध तात्कालीन एसपी शरद खत्रीकै पालामा ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता भएको थियो। यही हप्तामै विकासकी श्रीमतीले घोराहीमा पत्रकार सम्मेलन गरी आफू र परिवारका सदस्यमाथि एक दर्जन जति युवाहरुको समुहले घरमै घुसेर आक्रमण गर्नुका साथै लाखाँैंका गरगहना तथा नगद लुटेर लगेको बताएकी थिइन्।