सीमावर्ती भारतीय बजारबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल झिक्नेक्रममा आगलागी भएर नेपालगञ्जमा आइतबार एकजनाको ज्यान गएको छ ।
आगलागीमा परि नेपालगञ्ज उपमहानगरपालिका–८ का आशित अहमदकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो ।
मोटरसाइकलबाट पेट्रोल झिक्नेक्रममा नजिकै चुरोट खाँदा त्यसको झिल्काले धम्बोझीमा रहेको एक पसलमा आगलागी भएको थियो । रिजवान हल्वाईको मोटरसाइकल मर्मत गर्ने पसलमा आगलागी भएको हो ।
नेपालमा इन्धन अभाव भएपछि भारतबाट मोटरसाइकलमा पेट्रोल भरेर ल्याई बिक्री गर्ने कामसमेत हुँदै आएको छ ।