बाचे नयाँ नयाँ अवतार देखिन्छ मान्छेको।
यही धर्तीमा नि छुट्टै संसार देखिन्छ मान्छेको ।
शास्त्र र पात्र सग खेल्न जानेपछी, कोठा कोठामा नानाथरी घरबार देखिन्छ मान्छेको।
जति नै ढाक्न खोजेपनी चरित्रहीनहरुले, मुस्कानमा पनि अश्लिल तरवार देखिन्छ मान्छेको।
कस्तो भद्र सहमति हो आउने जानेहरुको!
बिना जाम बिना अवरोध सवार देखिन्छ मान्छेको।
रहर कस्तो होला खै कसैले पुरा नगर्ने!!! महलमा उसको आउन जान हतार देखिन्छ मान्छेको।
तोडिएपनि सम्बन्धहरु एकपछी अर्को गर्दै, क्षणभर मै नवगठित सरकार देखिन्छ मान्छेको।।।।
—
युवराज सापकोटा
गैंडाकोट -१३, नवलपरासी
yubarajsapkota@gmail.com