वर्दिया असोज ८, वर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५० पुगेको छ । पछिल्लो गणनाअनुसार बाघको संख्या बढेर ५० पुगेको हो यो भन्दा अगाडी निकुञ्जमा वाघको संख्या ३७ वटा रहेको थियो ।
बर्दियामा संरक्षणका लागि घाँसे मैदानको व्यवस्थापन, जङ्गलमा जलाशय, बाघका लागि प्रशस्त आहारा प्राप्तिमा पहुँचलगायत शून्य चोरीसिकारीका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्यामा वृद्धि भएको हो ।
उचित बासस्थान र प्रशस्त आहाराको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर हुने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ ।
मानव र वन्यजन्तुबीच द्वन्द्व निम्तिन नदिनका लागि राज्यले समुदायको पनि संरक्षण गर्ने नीति बनाउनका लागि राज्यले सोच्नु पर्ने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो ।