डोटीको बन्लेक गाविसमा मात्रै विभिन्न वडाका ७ जना लामो समयदेखि वेपत्ता रहेको पाइएको छ । कमजोर घरायसी आर्थिक अवस्थाको कारण भारतमा काम गर्न गएका मध्ये ७ जना लामो समयदेखि हराई रहेको बन्लेक गाविसका स्थानीय बासिन्दाले बताएका छन् । बेपत्ता हुनेहरुमा बन्लेक गाविस वडा नं. २ का करबिरे दमाई, पस्से लामा, गिरी बलायर, वडा नं. ४ का गोरे डौंडे, भोज कोली तथा वडा नं. ३ का तारा रावत र भोजराज जोशी रहेको स्थानिय समाजसेवी लालसिं वलायरले जानकारी दिनुभयो । उनीहरुको खोजीमा प्रशासन वा अन्य निकायले पनि चासो नदिएको आफन्तको गुनासो छ । तर इलाका प्रहरी चौकी तिल्तालीका ईन्चार्ज कुबेर सिंह धामीले उजुरी नपरेकाले खोजी नगरिएको बताउनुभयो ।
मानव बेचविखन तथा ओसार पसार विरुद्धको दिवस साताव्यापी रुपमा मनाउने क्रममा बन्लेक गाविसमा आयोजना गरिएको कार्यक्रममा यस्तो रहस्य सार्बजनिक भयको हो । सुरक्षित आप्रवासन तथा मानव बेचविखन रोकथाम परियोजना अहिले डोटीका बन्लेक, लाटामाण्डौ, भूमिराजमाण्डौ र कपल्लेकी गरि ४ ओटा गाविसमा लागु भइरहेको छ ।