अछाम जिल्लाका ५ गावीसमा गाई, गोरु, भैसी र बाख्राहरुमा खोरेत रोग फैलिएपछि किसानहरु चिन्तामा परका छन् । जिल्लाको मार्कु, पायल, बुढाकोट, जाल्पादेवी र लुंग्रा गावीसमा नमुनाका रुपमा गरीएको परिक्षणका क्रममा सुरुमा ३० देखी ४० पशु चौपायमा खोरेत रोग फैलिएपछी उनीहरु चिन्तामा परेका हुन् । यस्तो खबरपछि रोग परीक्षणका लागि पशु सेवा केन्द्र चारैपार्टी बाट स्वास्थ्यकर्मीको टोली पुगी फर्किएको छ ।
सेवा केन्द्रका प्राबीधीक टिका बहादुर नेपालीका अनुसार खुरमा किरा परेका र मुख वरीपरी भाउ भएकाले पशुहरुले घास खान छोडेको बताउनुभयो । खोरेत रोग लागेका गावीसका पशु चौपायहरुलाई एक ठाउबाट अर्को ठाउमा खरीद बिक्री गर्न, चरिचरन पनि एउटै ठाउँमा नबनाउन पशु स्वस्थ्यकर्मीले अनुरोध गरेका छन् ।