युरोपियन च्याम्पियनसिप छनौट अन्तर्गत गयरातीका खेलमा जर्मनी, पोल्याण्ड र आयरल्याण्ड विजयी भएका छन् । समूह डीको शीर्ष स्थानमा रहेको जर्मनीले स्कटल्याण्डलाई ३–२ ले पराजित ग¥यो भने दोस्रो स्थानमा रहेको पोल्याण्डले जिब्रलटारलाई ८–१ को फराकिलो अन्तरले पराजित ग¥यो । त्यस्तै तेश्रो स्थानमा रहेको आयरल्याण्डले जर्जियालाई १–० ले पराजित ग¥यो ।
गयरातीकै अन्य खेलहरुबाट फिनल्याण्ड र पोर्चुगल पनि विजयी भएका छन् । समूह आईको शीर्ष स्थानमा रहेको पोर्चुगलले अल्बानियालाई १–० ले नै पराजित ग¥यो । यो समूहका डेनमार्क र अर्मेनियाले गोल रहित बराबरी खेल्दै प्रतियोगितामा छनौट हुने संभावना कायम राखेका छन् ।
फारोस आइसल्याण्डलाई १–० ले हराउँदै समूह एको फिनल्याण्डले प्रतियोतिगामा छनौट हुने संभावना कायम राखेको छ । समूह एका ग्रिस र रोमानिया बीचको खेल गोल रहित बराबरी भयो भने हंगेरी र उत्तरी आयरल्याण्डले १–१ को बराबरी खेले । युरोकप फुटबलको लागि युरोपका ५३ राष्ट्रले ९ समुहमा विभाजित भएर छनोट प्रतियोगिता खेलिरहेका छन् ।
प्रत्येक समुहका शीर्ष दुई टोली सिधै प्रतियोगिताको लागि छनौट हुनेछन् भने तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । अर्को वर्ष फ्रान्समा आयोजना हुने युरोकप फुटबलमा पहिलो पटक २४ टोली सहभागी हुँदैछन् ।