युरोकप छनौट फुटबल प्रतियोगितामा आईसल्याण्ड पहिलो पटक छनौट भएको छ । आईसल्याण्डले अन्तराष्ट्रिय फुटबलका कुनैपनि मुख्य प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । गयराती भएको खेलमा काजखस्तानसँग गोलरहित बराबरी खेलेपछि आईसल्याण्ड समुह ए बाट युरोकपमा छानिने पक्का भएको हो ।
यो समुहका दुई दुई खेल बाँकी छँदा आईसल्याण्ड र चेक गणतन्त्रको समान १९ अंक रहेको छ । यी दुबै टोली युरोकपमा छानिएका छन् ।
समुहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । यो समुहमा १२ अंकसहित टर्की तेस्रो स्थानमा छ भने १० अंक मात्रै जोडेको नेदरल्याण्ड्स चौथो स्थनमा छ ।
गयराती भएको खेलमा टर्कीले नेदरल्याण्ड्सलाई ३–० ले हरायो । यसैगरी चेक गणतन्त्रले लात्भियालाई २–१ ले पराजित ग¥यो ।
त्यस्तै, समुह एच अन्तर्गत गयराती भएका खेलहरुमा ईटाली र नर्वे विजयी भएका छन् । इटालीले बुल्गेरियालाई १–० ले हराँउदा नर्वेले क्रोएसियालाई २–० ले हरायो । यो समुहमा शिर्ष स्थानको ईटालीको १८ अंक छ भने १६ अंकका साथ नर्वे दोस्रो स्थानमा छ ।
युरोकप छनौट फुटबल अन्तर्गत गयराती भएको अर्को खेलमा वेल्सलाई ईजरेलले गोलरहित बराबरीमा रोकेको छ । बेल्जियमले साइप्रसलाई १–० ले हराँउदा बोस्नियाले एण्डोरालाई ३–० ले पराजित ग¥यो ।