बर्दिया र दाङ्गमा तीन दिनका लागि वन्द खुकुलो पारेको थरुहट संयुक्त संघर्ष समितिले आजदेखि फेरि वन्द आह्वान गरेको छ । वन्दका कारण विहानैदेखि यातायात ठप्प छन । उद्योग बजार, कलकारखाना, शिक्षण संस्था समेत वन्द भएका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
दाङमा मधेशी, थारु र जनजाति सम्मिलित ‘संघीय गठबन्धन’ मोर्चा गठन गरि वन्दलाई सशक्त बनाईएको छ । कृष्णाअष्टमी पर्वलाई लक्षितगरि बर्दिया र दाङ्गमा शुक्रबारदेखि आइतवारसम्मका लागि वन्द खुकुलो पारिएको थियो ।
झण्डै एक महिनादेखिको वन्दले बाँके, बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुरसहित तराईको जनजीवन पुरै लथालिङ्ग भएको छ ।
दैनिक उपभोग्य वस्तुको अभाव चर्किएको छ भने मजदुरी गरेर खानेहरु ठूलो सकसमा छन् । स्वायत्त थारुहट प्रदेशको माग राख्दै सुरु भएको आन्दोलन एक महिना पुग्नै लाग्दा पनि रोकिएको छैन ।