इंग्ल्याण्डले युरो कप २०१६ मा स्थान पक्का गर्न सफल भएको । शनिबार राति भएको खेलमा सान मारिनोलाई एकतर्फी खेलमा ६–० को फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले युरो कपमा स्थान बनाएको हो ।
समूह डीमा रहेको इंग्ल्याण्डको ७ खेलबाट २१ अंक बटुल्दै स्वीट्जरल्याण्डको लागि यात्रा पक्का गरेको हो । इंग्ल्याण्डले १३ औं मिनेटमा पेनाल्टी गोलबाट आग्रता लिएको थियो । उसका लागि वायन रुनीले गोल गरे । यो गोलसँगै रुनीले सर बबी चार्लटनको ४९ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । खेलको ३० औं मिनेटमा बरोलीले आत्मघाती गोल गर्दै पहिलो हाफमा इंग्ल्याण्डलाई २–० को अग्रता दिलाए । एक पक्षीय खेलको दोस्रो हाफको सुरुमा नै बार्कलेले गोल गरे भने ६८ औं मिनेटमा वलकटले गोल गरे । ७७ औं मिनेटमा केन र ७८ औं मिनेटमा वालकटले गोल गरेपछि इंग्ल्याण्ड ६–० ले विजयी भयो । यसैगरी स्लोभाकियालाई पराजित गर्दै स्पेन युरो कप छनोटमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा स्पेनले स्लोभाकियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै स्लोभाकिया समान १८ अंक जोडेको स्पेन गोल अन्तरका आधारमा समूह सीको शीर्ष स्थानमा छ भने स्लोभाकिया दोस्रो स्थानमा छ । खेलमा स्पेनले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । डेभिड सिल्भाको पासमा नै अल्बाले गोल गरेका हुन् । ३० औं मिनेटमा पाएको डिएगो कोष्टालाई फल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो । जसमा आन्द्रे इनिष्टाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।
अर्को खेलमा युक्रेनले बेलारुसलाई ३–१ ले हराएको छ । १५ अंकसहित समूहको तेस्रो स्थानमा छ ।