बैतडीको विभिन्न गाविसमा गौरा पर्वलाई लक्षित गरी मदिराजन्य पदार्थको विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्लाका अधिकांस ग्रामीण भेगहरुका स्थानीयले समिति गठन गरि गौरापर्व अवधी भर मदिराजन्य पदार्थको विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएका हुन् ।
जिल्लाका सिवलिङ, कोटपेटरा, कुवाकोट लगायतका गाविसमा गौरा जस्तो चाडका वेला हुन सक्ने सम्भावित अराजक गतिविधिहरुलाई मध्यनजर गर्दै सतर्कता अपनाईएको स्थानीयको भनाई उदृत गर्दै हाम्रा सम्वादाताहरुले खबर पठाएका छन् । बैतडीको कुवाकोट गाविस वडा नं. १ काटैमा मदिरा नियन्त्रण समिति गठन गरिएको छ । समितिले जुवा–तास मतिरा सेवन, चोरी डकैती लगायतका अराजक गतिविधिको निग्रानी गर्नेछ ।
मदिरा सेवन गरि अशान्ति मच्चाउने कार्य गर्नेलाई पहिलो पटकमै ४ हजार कारोबार गर्नेलाई ५ हजार जरिवाना सवाय तोकिएको छ ।