सुरक्षाको कारण देखाउँदै शिक्षकहरुले पढाउन नसक्ने भन्दै विद्यालय जान छोडेपछि बैतडीको रोडिदेवल गाविस वडा नं. ७ तितावैमा रहेको बिजयपुर उच्च मावि अनिश्चितकालका लागि वन्द भएको छ ।
स्थानीयवासिहरुले शिक्षकहरुलाई ज्यान मार्ने धम्की दिन थालेपछि शिक्षकहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएपछि विद्यालय वन्द गर्नुपर्ने अवस्था आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । अभिभावकले बिद्यालयमै आएर शिक्षकहरुलाई कुटपिट साथै ज्यान मार्ने धम्की दिन थालेपछि शिक्षकहरु त्रसित भएका छन् ।
शिक्षक जगदिश चन्द र हरिसिंह घटाललाई कुटपिट गरी अन्य शिक्षकहरुलाई गाली गलौच गरेको भन्दै सुरक्षाको कारण देखाउँदै शिक्षकहरु सदरमुकाम आएपछि सौगात एफएम मार्फत सूचना प्रशारण गरि अनिश्चित कालका लागि वन्द गरिएको छ ।
गत वुधबारदेखी वन्द भएको विद्यालय अर्को सूचना प्रशारण नहुन्जेल सम्मका लागि स्थगित गरिएको जनाईएको छ । यता त्रैमासिक परीक्षा चलीरहेका बेला शिक्षकहरुलाई कक्षा कोठामा हातपात गरी कुटपिट भएको शिक्षकहरुले बताएका छन ।