जुम्लामा दिवा खाजाको रकम हिनामिना भएको खुलासा भएको छ । विद्यार्थीको लागि खाजा खुवाउनु पर्ने रकम शिक्षकको तलब भत्तामा खर्च हुने गरेको खुलासा भएको हो ।
जिल्ला शिक्षा कार्यालयमा आउने भरपाइ दिवाखाजा खुवाएको आउने गरे पनि व्यवहारीक रुपमा शिक्षकको तलबभत्तामा खर्च हुने गरेको पाइएको छ । जुम्लाको तातोपानी गाविसको सुरन्दरमणी प्राविमा जाने दिवा खाजाको रकम विद्यार्थीलाइ खाज नखुवाइ शिक्षकको तलब भत्तामा खर्च भएको पाइएको छ ।
निजीस्रोतबाट राखिएका शिक्षकको तलबभत्तामा दिवाखाजाको रकम प्रयोग भएको पाइएको छ । अन्य स्रोतबाट शिक्षकलाई तबलभत्ता खुवाउने माध्यम नभएपछि दिवाखाजाको रकमबाट शिक्षकलाई तलब भत्ता खुवाउने गरेको तातोपानी गाविसको सुन्दरमणी प्राविका निमित्त प्रधानाध्यापक बलवहादुर रावलले जानकारी दिनु भयो ।
विद्यार्थी विद्यालयबाट पढ्न छोडेर बिचमै नजाउन् भन्नको लागि सरकारले दिएको दिवाखाजाको रकम सही रुपमा सदुपयोग हुनु पर्ने जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।