इंग्ल्याण्डले पाहुना टोली अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी क्रिकेटमा ५ रनको जित निकालेको छ ।
सोफिया गार्डेन स्टेडियम कार्डिफमा गयराती भएको खेलमा जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन मात्र बनायो । अष्ट्रेलियाका स्टेभेन स्मिथले ९० रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन । त्यस्तै ग्लेन म्याक्सवेलले पनि ४४ रनको योगदान दिएका थिए ।
पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । उसका लागि इयान मोर्गान ७४ रन बनाए । मोइन अली ७२ रनमा नट आउट रहे । अन्य व्याट्सम्यानहरुको प्रदर्शन भने सामान्य रहेको थियो ।