इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लगतार चौथो जित हात पारेको छ । गयराति घरेलु एतिहाद स्टेडियममा भएको खेलमा म्यान सिटीले वाटफोर्डलाई २–० गोलले पराजित गर्दैै जितको सिलसिला जारी राखेको हो । यो जितसँगै म्यान सिटी इंग्लिस प्रिमियर लिगमा लगातार शीर्ष स्थानमा कायम रहेको छ । म्यान सिटीको जितका लागि स्ट्रलिङ र फर्र्नाण्डिनोले १–१ गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानमा रहेको म्यान सिटीको ४ खेलमा १२ अंक पुगेको छ ।समान खेलमा ९ अंक जोडेको क्रिष्टल प्यालेस दोश्रो स्थानमा रहेको छ ।
त्यसै गयराती भएको खेलमा आर्सनलले न्यूक्यासललाई पराजित गरेको छ । ४ खेलमा ७ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ । यस्तै गयराती भएको अर्को खेलमा वेस्टब्रोमले स्टोक सिटीलाई पराजित ग¥यो भने एस्टन भिल्ला र सस्डरल्याण्ड, बोर्नीमाउथ र लिस्टर सिटी तथा टोटेनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।