प्रथम अन्डर १९ साफ च्याम्पियन्सीप फुटबलको उपाधिका लागी आज नेपाल भारत बीच प्रतिस्पर्धा हुने छ । सादोवाटो स्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली पहिलो उपाधी आत्मसाथ गर्ने उद्देश्यका साथ मैदानमा प्रवेश गर्दै छन् ।
समुह ए मा रहेको नेपालले समुह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पाखा लगाउदै महत्वपुर्ण प्रतियोगिताको उपाधि नजिक पुगेका हो ।
समुह बीमा रहेको भारतले समुह चरणमा माल्दिभ्स र अफगानिस्तानलाई पराजित गर्दा सेमिफाइनलमा बंगलादेशलाई सडन डेथमा स्तब्ध पार्दै नेपालसँगको उपाधी भिडन्त पक्का गरेको हो । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले खेल कठिन भइपनि मेहनेतका साथ खेल्ने बताएका छन् । प्रतिद्वन्द्व बलियो भएकोले उपाधी जित्ने सम्भावन आधा भएपनि नेपाली टिमलाई घरेलु मैदान र दर्शकको साथ रहेने महर्जनको भनाई छ । भारतका प्रशिक्षक रायद सविर पास्साले आफ्नो टिमको डिफेन्स बलियो भएकोले उपाधि उचाल्ने दावी गरेका छन् ।